22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

विश्व समुदायमा खुशीको सन्देश – सम्पादकीय

Editorial
मानव जिवनको सार्थकता, अनुहारमा कान्ति,  मनमा शान्ति, शारीरमा स्वास्थ्य, काममा स्फूर्ति, दिमागमा सद्बुद्धि हरेक मानिसको मानसिक खुशीले प्रदान गर्ने कुरामा दुईमत हुन सक्दैन । संयुक्त राष्ट्र संघको महासभाले सन २०११ मा खुशीलाई आधारभूत मानव लक्ष्यको प्रस्तावलाई पारीत गरेको थियो । दुई बर्षपछि सन २०१३ बाट संघका १९३ सदस्य राष्ट्रले प्रत्येक बर्षको मार्च २० लाई खुशी दिवसको रुपमा मनाउँदै आएको छ । यस बर्षको खुशी दिवस वि.सं. २०८० चैत्र ७ गते परेको थियो । अर्थात सन २०२४ को मार्च २० गतेलाई विश्व समुदायले विभिन्न तरिकाबाट खुशी दिवस मनाएका छन् ।

मन र शरीरलाई स्वास्थ्य राख्न खेल, संगितले सार्थक भूमिका निर्वाह गर्दछ । खेल र संगित पनि सिकेर जानिने विषय हो । यसका नियम हुन्छन् । ठीक त्यसैगरी खुशी प्राप्त गर्न पनि मन र शरीरलाई नियम र अनुशासनमा राखेर मेहनत, संघर्ष र साधना गर्नै पर्दछ । तब हामीले खुशी प्राप्त गर्न सक्दछौं । अमेरिकी प्राध्यापकको एक अनुसन्धानलाई आधार मानेर बीबीसीले आफूलाई खुशी राख्ने पाँच उपाय सुझाएको छ । हामीले आफ्नो जीवनका आरोह अवरोहमा कसैका प्रति कृतज्ञ बन्न सकियो भने, धन्यवाद ज्ञापन गर्न सकियो भने हामीमा सकारात्मक सोंचको विकास हुन्छ । सकारात्मक सोंचले हामीलाई खुशी प्रदान गर्दछ । हामीले आफ्नो जीवनमा आठ घण्टा मस्तसंग आफूलाई गहिरो निँद्रामा पार्न मेहनत, संघर्ष र साधना गर्नै पर्दछ । मनमा उत्साह र जाँगर बृद्धिबाट आर्जन हुने खुशी प्राप्त गर्न आठ घण्टा मस्त निँदाउने साधनामा हामी सफल हुनै पर्दछ । हाम्रो जीवनमा प्रत्येक दिन हामीलाई प्राप्त हुने २४ घण्टा मध्ये न्यूनतम दश मिनट मात्रै मनलाई एउटा विन्दुमा केन्द्रित गरी ध्यान गर्न सकियो भने त्यो ध्यानले हामीलाई नयाँ सन्देश मूलक उर्जा दिन सक्दछ । हरेक मानिस आफ्नो परिवारसंग र साथीसंगातिसंग जति कसैसंग रमाउन सक्दैन । पारीवारिक शान्तिले नै मानसिक शान्तिमा उर्जा थप्ने हुँदा हामी आफ्नो परिवारसंग रमाउने समय छुट्टयाउन सक्नु पर्दछ । त्यसैगरी साथीसंगातिसंगको समयले पनि हामीलाई खुशी प्रदान गर्दछ । हाम्रो मनलाई बहक्याउने प्रविधि बनेको छ–सामाजिक सञ्जाल । यसको उपयोगी सीमित प्रयोगले पनि हामीलाई शान्ति मिल्दछ । हामीले आफ्नो मानसिक शान्ति कायम राखेर स्वास्थ्य, सक्षम र सफल जिवन यापन गर्न खुशी दिवसले प्रेरणा प्रदान गर्न सकोस्, शुभकामना ।

Related posts

लागूपदार्थ दुव्र्यसन विरुद्ध एलायन्सको सचेतना

admin

सर्वदलीय बैठक आह्वान

admin

सन्दर्भ–तनहु–१, उपनिर्वाचन
अवसर र चुनौतिको चाङमा पुराना दल

admin