31.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

सचिन स्मृति दौडको उपाधि यादवलाई

दमौली/रोटर्या‍क्ट क्लब अफ दमौलीको आयोजनामा गरेको २१औ स्व रो सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि काठमाडौका अजितकुमार यादवले जितेका छन् । शनिबार व्यास नगरपालिका–३ अनसनचोक दमौलीदेखि व्यास नगरपालिका–१४ छाब्दी मन्दिरसम्मको ९ किमी दूरी २८ मिनेट १८ सेकेण्डमा पार गर्दै यादवले उपाधि जितेका थिए भने २८ मिनेट २९ सेकेण्डमा पार गर्दै गोरखाका दिनेशसिंह बोगटी द्वितीय र २९ मिनेट १८ सेकेण्डमा पार गर्दै सिन्धुपाल्चोकका मिङ्मारसिंह तामाङ तृतीय भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १२ हजार र आठ हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । साथै महिला तर्फ चेतना कटुवाल प्रथम भएकी छिन । उनले २ हजार नगद सहित, मेडल र प्रमाणपत्र प्राप्त गरिन । यस्तै बाल धावक तर्फ ११ वार्षिय कृतिक घर्ति र विवेक रानाभाट पुरस्कृत भएका छन् । उनीहरुले नगद एक–एक हजार र प्रमाणपत्र पाएका छन् ।

Related posts

प्रहरीको सूचना प्रवाहप्रति पत्रकारको गुनासो, फोन व्यस्त हुँदा गुनासो आएछ–प्रवक्ता

admin

बढी जरिवाना कि कानुनी जानकारी र सचेतना ?

Deepak Joshi

नेकपाको सन्देशमूलक कार्य

admin