22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

पुरक अधिवेशन स्थगित

नेपाली काँग्रेसको झण्डा

दमौली/नेपाली काँग्रेस तनहुँ अन्तरगत निर्वाचन क्षेत्र नं. १ को जनजाति तर्फको रिक्त स्थानको निर्वाचन स्थगित भएको छ । निर्वाचन संयोजकले महाधिवेशन प्रतिनिधिको निर्वाचनका लागि कार्तिक ३ देखि ६ गतेसम्मको निर्वाचन कार्यक्रम सार्वजनिक गरेका थिए । कार्तिक ६ गते निर्वाचन गराउन नसक्ने भएपछि निर्वाचन संयोजक फणिन्द्र कोईरालाले पाँच गते नै आफ्नो निर्वाचन संयोजकको पदबाट राजनीनामा दिएका छन् । निर्वाचन क्षेत्र नं. १ मा एक स्थान र निर्वाचन क्षेत्र नं. २ को दुई जना रिक्तस्थानको निर्वाचन लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको थियो । निर्वाचन क्षेत्र नं. १ मा जनजाति तर्फको एक महाधिवेशन प्रतिनिधिका लागि ६ जनाले उम्मेदवारी दिएका थिए भने निर्वाचन क्षेत्र नं. २ को दुई महाधिवेशन प्रतिनिधिका लागि १० जनाले उम्मेदवारी दिएका थिए ।
निर्वाचन क्षेत्र नं. १ मा जनजाति तर्फको एक महाधिवेशन प्रतिनिधिको रिक्त स्थानमा महाधिवेशन प्रतिनिधि हुनका लागि छ जनाको उम्मेदवारी परेको थियो । सो पुरक निर्वाचनमा उम्मेदवारी दिनेमा प्रतापसिं गुरुङ, वैश गुरुङ, अशोक गुरुङ, लेखबहादुर राना, गलबहादुर गुरुङले उम्मेदवारी दिएका थिए । त्यसै गरी निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको दुई महाधिवेशन प्रतिनिधिका लागि दश जनाले दावी गरेका थिए । यसरी उम्मेदवारी दिनेमा माधव भट्टराई, कृष्ण पण्डित, बालकृष्ण घिमिरे, मोहन गिरी, श्रीराम आले, रविचन्द्र पौडेल, सन्तोष घिमिरे, वीरबहादुर थापा, विष्णु मल्ल, विष्णुहरि पाठक ले उम्मेदारी दिएको निर्वाचन समितिका तत्कालिन सदस्य अधिवक्ता चन्द्रकान्त वाग्लेले बताउनु भयो ।
निर्वाचन संयोजकको जिम्मेवारी पाएका फणिन्द्र कोईरालाले तनहुँको गुटगत समूहको नेतृत्वलाई समन्वयन गर्न नसक्दा निर्वाचन कार्यक्रम अनुसार मंसिर ६ गते महाधिवेशन प्रतिनिधिको निर्वाचन गराउन नसक्ने भएपछि आफ्नो पदबाट राजीनामा दिनु परेको स्रोतको दावी छ । निर्वाचन संयोजकको जिम्मेवारी पाएर उत्साहित भएका कोईरालाले नेपाली काँग्रेस तनहुँको गुटगत समुहका नेताहरुसंग सम्वन्य नगरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेपछि आएका प्रश्नको जवाफ दिन नसकेपछि आफ्नो सम्पूर्ण जिम्मेवारी निर्वाचन समितिका सदस्य चन्द्रकान्त वाग्लेलाई दिएर कोईराला अनुपस्थित रहेका थिए ।

Related posts

राष्ट्रिय गन्जागोलको निकाश राष्ट्रिय एकता

admin

तस्विर

Deepak Joshi

माघे सङ्क्रान्ति लक्षित मेलाको तयारी पुरा

Deepak Joshi