Tanahun Awaj
समाचार

आजबाट अस्पतालको सेवा विस्तार

दमौली/दमौली अस्पतालले २०८१ साल बैशाख ६ गतेबाट सेवा समय विस्तार गरेको छ । छ घण्टाको सेवालाई १२ घण्टा प्रदान गर्ने गरी सेवा समय विस्तार गरिएको छ । दमौली अस्पताल प्रशासन शाखाबाट बैशाख तीन गते जारी सूचना अनुसार विहिबार विहान ७ बजेदेखि साँझ सात बजेसम्म स्वास्थ्य सेवा सुचारु गर्ने जनाएको छ । दश बजे अगाडि र पाँच बजेपछिको विशेष समयमा सेवा प्रदान गरेवापत अस्पतालले अतिरिक्त शुल्क नलिने गरी सेवा विस्तार गरिएको सूचनामा जनाइएको छ । त्यसै गरी विमितहरुले समेत सेवा लिन सक्नेछन् । यो सेवा समय विस्तारले कर्मचारी, विद्यार्थी, व्यापारी र ज्याला मजदुरी गर्ने श्रमिकहरुलाई सरकारी स्वास्थ्य सेवा लिने सुविधा मिलेको छ भने अर्को तर्फ दिउसोमा हुने भिडभाडलाई कम गर्ने विश्वास लिईएको छ । नियमित चेकजाँच गर्नुपर्ने सुगर, प्रेसर, थाईराइड लगायतका विमारका विरामीहरुलाई यो अतिरिक्त समयमा प्रदान गरिने सेवाले विशेष लाभान्वित तुल्याउने विश्वास लिईएको छ ।

Related posts

निर्माण अलपत्र परेको व्यवसायिक सटर

admin

सचिन स्मृति दौडः उपाधि बोगटीलाई

admin

तनहुँका स्थानीय तहमा कमजोर वित्तीय अनुशासन- बेरुजु झण्डै २ अर्ब, व्यास सबैभन्दा अगाडि

Deepak Joshi