21.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

नब्बे प्रतिशत तयारी पुरा

दमौली/पाँचौ आदिवासी जनजाती महोत्सवको नब्बेप्रतिशत तयारी पुरा भएको आदिवासी जनजाती महासंघ तनहुँका अध्यक्ष एवं महोत्सव मूल आयोजिक समितिका संयोजक सुजित हिराचनले बताउनु भयो ।
जीवन्त संग्रालय निर्माण गरेर तनहुँलाई पर्यटकीय क्षेत्रको पहिचान गराउने मूल लक्ष्य रहेको संयोजक हिराचनले बताउनु भयो । जिवन्त महोत्सवमा मानिसको जन्मदेखि मृत्यूसम्मको परिघटनालाई संग्रालयमा राख्ने आयोजकले बताएको छ ।
जीवन्त संग्रालयका लागि महासंघले डेढ रोपनी जग्गा समेत खरिद गरिसकेको संयोजक हिराचनले बताउनु भयो । संग्रालयका लागि सोही क्षेत्रमा थप जग्गाको खोजी भैरहेको पनि अध्यक्षले बताउनु भयो ।
जनजाती महोत्सव सुक्रबार पुस २२ गतेबाट शुरु भई माघ ३ गतेसम्म रहने आयोजकले बताएको छ । पर्यटन प्रवर्धन गर्ने मूल लक्ष्य रहेको महोत्सवका थप आकर्षणहरु पनि रहेका छन् ।

Related posts

काण्डैकाण्डमा मुछिएर दुर्गन्धित गणतन्त्र
बेलायतमा राजतन्त्र फर्केको इतिहासको चर्चा

admin

अकोराब गण्डकी प्रदेशको अध्यक्षमा आचार्य

admin

देउवाको एक वर्षः धेरै विस्मात् थोरै हर्ष

admin