Tanahun Awaj
समाचार

दुई बर्षदेखि विवादित संगम क्लब
प्रशासनको तटस्थताले छुट्टाछुट्टै अधिबेशन–सभा

फोटो तनहुँ आवाज साप्ताहिक

दमौली/दमौली संगम क्लबको नियमित बैठक नबसेको, साधारण सभा नभएको, आर्थिक अनियमितता भएको, अपारदर्शी खर्च भएको विवाद विगत दुई वर्षदेखि जिल्ला प्रशासन कार्यालयमा निरन्तर जारी छ । अबैध साधारण सभा रोक्न निवेदन पर्दा समेत जिल्ला प्रशासन कार्यालय तटस्थ बसिदिँदा दमौली संगम क्लबको दुई छुट्टाछुट्टै अधिबेशन–साधारण सभा २०८० फागुन १९ गते सम्पन्न भएको छ ।
अख्तियारको दुरुपयोग गरी संस्थामा आर्थिक हिनामिना गरेको आरोप लागेको नरेन्द्र वाग्ले समुहले मानुङ रिसोर्टमा साधारण सभा सम्पन्न गरेको दावी गरेको छ भने यता नरेन्द्र वाग्लेले आर्थिक हिनामिना गरेको, संस्थाको नियमित बैठक नराखेको, साधारण सभा नगरेको, आन्तरिक लेखापरीक्षण नगरि कागजी लेखापरीक्षण देखाएर आर्थिक हिनामिना लुकाउन खोजेको आरोप लगाउँदै २०७८ चैत्र १४ गते देखि नै जिल्ला प्रशासन कार्यालय तनहुँमा उजुरी गरेर अभियान चलाएको संगम क्लबको संस्थापक समुहले संगम क्लबको भवनमा आफ्नो अधिवेशन सम्पन्न गरेको छ । सो समुहले मच्छिन्द्रा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरी जिल्ला प्रशासन कार्यालय तनहुँमा बुझाएको छ ।
पञ्चायतको युवा संगठनको कब्जा रहेको संगम क्लबले व्यासोदय वाचनालयको नाममा प्राप्त सो घडेरीलाई कब्जा गरी संगम क्लबको नाममा दर्ता गराएको थियो । कांग्रेस र कम्युनिष्टका युबा पुस्तालाई कमजोर पार्न पञ्चायतले गठन गरेको संगम क्लबमा अहिले आर्थिक हिनामिना गरेको आरोप लागेपछि त्यसलाई यथार्थ सत्यतथ्य सार्वजनिक गराउन वा ढिसमिस गराउन जिल्ला प्रशासन कार्यालयकोे असमर्थ देखिएको छ । वाग्ले समुहले एमालेको बैसाखी टेकेर उभिएपछि मच्छिन्द्रा समुहले एमाले बाहेक अरु राजनीतिक दलको बैशाखी टेकेको देखिन्छ ।
संगम क्लबको आर्थिक हिनामिना विरुद्धमा विगत दुई वर्षदेखि अभियानकै रूपमा लाग्नेहरुमा क्लबको संस्थापकहरु मध्येको बद्री कुमार श्रेष्ठको पत्नी होम कुमारी श्रेष्ठ, पूर्व अध्यक्ष मच्छिन्द्रा श्रेष्ठ, पूर्व अध्यक्ष कुमार मोहन श्रेष्ठ, पूर्व सचिव सानुकाजी मियाँ, पूर्व कोषाध्यक्ष मंगल श्रेष्ठ, पूर्व सदस्य गौमायाँ श्रेष्ठ र रामचन्द्र अधिकारीहरु मैदानमा उत्रिएर लागेका छन् ।
संस्थापक बद्री कुमार श्रेष्ठले खारेज गर्न खोजिएको क्लबलाई अदालतको फैसलाबाट व्युताएर ल्याए पछि नरेन्द्र वाग्ले राष्ट्रीय प्रजातन्त्र पार्टीको अध्यक्ष भएका बेलाको पहुँच र प्रभावमा विधान निर्माण गरेर पार्टीको हैकम देखाएर मच्छिन्द्रा श्रेष्ठबाट मेघराज काफ्लेमा नेतृत्व सारेको मच्छिन्द्रा श्रेष्ठको आरोप छ । उता नरेन्द्र वाग्लेले संस्थालाई बुझाउन पर्ने भौतिक सम्पत्ति बुझाउन बोलाउँदा उपस्थित नहुने मच्छिन्द्रा समेत केही संस्थाको सदस्य नरहेका व्यक्तिहरुले क्लबले विद्यालयमा गरेको सहयोग, युवा सदस्यता बढाउने नीति र क्लबले रचनात्मक कार्यक्रम लिएर जिल्ला व्यापी हुन खोजेपछि विरोध भएको
बताउँछन् । १७ वटा माध्यमिक विद्यालयमा एक लाख पाँच हजारको दमौली संगम क्लब शैक्षिक प्रोत्साहन अक्षयकोष २०७९ स्थापना गरेर सबै पालिकामा क्लबको अस्तित्व विस्तार गरेपछि गुट चलाएर बसेकाहरु अत्तालिएको वाग्लेको आरोप छ । यस सम्बन्धमा पूर्व सचिव सानुकाजी मियाले मच्छिन्द्रा श्रेष्ठलाई जबरजस्ती नेतृत्वबाट हटाएपछि दमौली संगम क्लबमा आर्थिक हिनामिना भएकै छ, अख्तियारमा समेत उजुरी परेको रहेछ । अख्तियारको निर्णय पनि आएको छैन । मच्छिन्द्रा श्रेष्ठसंंग भौतिक सामाग्री रहेको अभिलेख क्लबले देखाउन सकेको छैन । आफूलाई आरोप लागेपछि पानीमाथिको ओभानो बन्न उल्टो आरोप मात्र लगाएको हो भन्ने पूर्व सचिवको मियाको स्पष्टोक्ति थियो ।
मासिक त्रिहत्तर हजार पाँच सय आन्दानी भएको दमौली संगम क्लबले युवा लक्षित, सामाजिक र परोपकारी धेरै काम गर्न सक्दथ्यो तर त्यो गरेको देखिएन भन्ने गुनासो छ पूर्व अध्यक्ष कुमार मोहन श्रेष्ठ । विद्यालयमा स्थापना गरिएको अक्षयकोष अनियमता र भ्रष्टाचारको उजुरी परिसकेपछि सो आरोपबाट बच्न उधारोमा चेक दिएर अक्षयकोष स्थापना गरिएको सुन्नमा आएको छ । ती १७ विद्यालयमा खोलिएको भनिएको अक्षयकोषमा अझसम्म पैसा जम्मा नभएको गुनासो आएको छ भन्नछन् दमौली संगम क्लबका पूर्व सचिव सानुकाजी मियाँ ।

Related posts

सिद्धेश्वरीका विद्यार्थीलाई स्वीटर

admin

एसईई नतिजा आज वा भोली
पुरानै निर्देशिका अनुसार नतिजा आउने

admin

पितृमुक्तिका लागि विराट ज्ञान महायज्ञ

admin