24.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

जोशीको स्मृतिमा अक्षयकोष स्थापना

दमौली/स्वर्गिय मोतीकुमार जोशीको स्मृतिमा उहाँको परिवारले दमौली स्थित सत्यवती माविमा अक्षयकोषको स्थगापना गरेको छ । व्यास नगरपालिका–२ सुनचाँदी लाइन निवासी स्वर्गिय जोशीकी धर्मपत्नी सन्तुमाया जोशीले विद्यालयको प्रधानाध्यापक पुष्पकला भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देललाई सोमबार तीन लाख एक हजार एक रुपियाँको चेक हस्तान्तरण गरेकि थिइन् । साथै सो अवसरमा स्वर्गिय जोशीको परिवारबाट सूर्यकुमार जोशी, शिवकुमार जोशी, कृष्णकुमार जोशी, बेलु श्रेष्ठ, नविना श्रेष्ठ र रविना श्रेष्ठको उपस्थिति रहेको थियो । दलित, जनजाती, पिछडिएका समुह, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न रकम प्रदान गरिएको सन्तुमाया जोशीले बताइन् । मोतीकुमार जोशी स्मृति कोषबाट प्राप्तहुने व्याज रकमबाट छात्रवृत्ति प्रदान गरिने छ ।

Related posts

जनै पूर्णिमामा जनै मन्त्रण

admin

प्रधानाध्यापकको क्षमता विकासमा समन्वय इकाईको प्रयास

admin

म्याग्देमा निःशुल्क स्वास्थ्य शिविर

admin