22.5 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

भ्रष्ट्राचार नियन्त्रण तथा सुशासन प्रवद्र्यन सम्वन्धि अन्तरक्रिया

दमौली/अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय पोखराको आयोजनामा म्याग्दे गाँउपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्यन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
म्याग्दे गाँउपालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा आयोगका कार्यलय प्रमुख असमान तमाङ प्रमुख आतिथि रहेका थिए ।
अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका कार्यालय प्रमुख तमाङले अख्तियारको नियमित प्रक्रिया अन्तरगत स्थानिय तह, प्रदेश र केन्द्रमा हुने भष्ट्राचारको उजुरी र प्रक्रियाको वारेमा जानकारी गराएका थिए । अख्तियारमा उजुरी पर्ने, त्यसको गोप्यअनुसन्धान हुने, उजुरीको प्रकृति अनुसार अनुसन्धान कसरी हुन्छ लगायत अख्तियारको काम कारवाहिका विषयमा सहभागीहरुलाई बताएका थिए ।
अन्तरक्रिया कार्यक्रममा कार्यलयका उपसचिव सन्तोष तिमल्सेनाले कार्यक्रमको विषयवस्तुको वारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा म्याग्दे गाँउपालिका भित्रका वुद्धिजीवि, नागरिक समाज, विद्यालय व्यवस्थापन समितीको अध्यक्ष, शिक्षकवर्गहरु, पत्रकार, सहकारीको प्रतिनिधीहरुले अख्तियारको प्रक्रिया र यसको कार्यन्वयनको वारेमा गरेका प्रश्नमा कार्यालय प्रमुखले तामाङले जवाफ दिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय पोखराको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता म्याग्दे गाउँं पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा पालिका भित्रका वुद्धिजीवि, नागरिक समाज, विद्यालय व्यवस्थापन समितीको अध्यक्ष, शिक्षकवर्गहरु, पत्रकार, सहकारीको प्रतिनिधी, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।

Related posts

पुनःनिर्माणको क्रममा घण्टाघर

admin

गे्रडवृद्धि परीक्षा साउन २३ देखि, तनहुँमा ७ परीक्षा केन्द्र

admin

रोटर्याक्टद्वारा गणेशमान चोकमा डिजिटल घडी

admin