28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

आजबाट शुक्लागण्डकी महोत्सव

दमौली/शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघ तनहुँको आयोजनामा शुक्लागण्डकी महोत्सव हुने भएको छ ।
गत शनिबार पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार आजबाट शुरु भएको महोत्सव फागुन २९ सम्म
चल्नेछ । आर्थिक, सामाजिक तथा खेलकूदको विकास,कृषि तथा पर्यटन प्रबद्र्धन, शुक्लागण्डकी महोत्सव कला,सीप र संस्कृतिको संरक्षण भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको निर्देशक समुन्द्रराम श्रेष्ठले बताए । महोत्सव आयोजनाको प्रमुख उद्देश्य पर्यटन प्रवद्र्धन भएको बताउँदै महोत्सव निर्देशक श्रेष्ठले कृषिजन्य उत्पादन तथा घरेलु उत्पादनको बजार विस्तार, जातजातिका भेषभुषा र बाजा गाजाको प्रदर्शन एवं संरक्षण गर्नमा समेत महोत्सवले सहयोग पुग्ने विश्वास लिइएको उल्लेख गरे ।
स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुती रहेन महोत्सवमा सास्कृतिक झाँकी प्रर्दशनी, दगाम भुजिकोट अवलोकन, मिलेनियम ट्रेकको व्यवस्था, धार्मिक तथा ऐतिहासिकस्थलको अवलोकन, रक गार्डेन अवलोकन जस्ता आर्कषण रहेको प्रचार प्रसार समितिका संयोजक हरि थापाले जानकारी दिए । महोत्सवका अवसरमा जिल्लाकै सर्वाधिक रााशीको पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने समेत आयोजकले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार नगद एकलाख ५० हजार, द्वितीय पुरस्कार एकलाख तथा तृतीय पुरस्कार पच्चिस हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार दश हजार रुपैया रहने छ ।
सोही अवसरमा ब्याडमिन्टन,खुला नृत्य,लोक गायन,रत्यौली लगायतका प्रतियोगिता आयोजना गरिने जानकारी गराउँदै शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष एवं मुल समारोह समितिका अध्यक्ष विमलप्रसाद रिमालले महोत्सवमा स्टल राख्ने व्यवसायिको विमा गरिने व्यवस्था रहेको समेत जानकारी गराए ।

Related posts

तनहुँ १ का केहि उम्मेदवारकाे संक्षिप्त परिचय

Deepak Joshi

अनिर्णयको बन्दी बन्दै कांग्रेस

admin

जातीगत पोशाकमा देउसी भैलो

admin