22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

मैत्रीपूर्ण भलिबल प्रतियोगिता

फोटो यमप्रसाद सापकोटा

दमौली/व्यास नगरपालिका वडा नं – १० अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरू बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता समान्न भएको छ । ‘हामी खेल्छौं, खेल्न सिकाउँदा मन्ने मूल नाराका साथ सम्पन्न सो प्रतियोगितामा आयोजक चन्डिदेवी राष्ट्रिय मा. वि. प्रथम हुन सफल भएको शिक्षक यम प्रसाद सापकोटाले जानकारी दिनु भएको छ ।
विद्यालय व्यावस्थापन समितिका अध्यक्ष बाबुराम पौडेलको सभापतित्वमा सम्पन्न सो प्रतियोगितामा न्यास नगर पालिका वडा नं १० का सबै सामुदायिक विद्यालयको सहभागिता रहने अपेक्षा गरिएता पनि कारणवश सबै विद्यालय उपस्थित हुन सकेका थिएनन् ।
कार्यक्रमका प्रमुख अतिथि न्यास नगर प्रमुख बैकुन्ठ न्यौपानेले यस विसिमको मैत्रीपूर्ण भलिबल प्रतियोगिताले प्रतियोगिता मात्र नसै, आफ्नै वडाका शिक्षकहरुबीच घनिष्ठता एवं मित्रता, धनि आपसी सममुदारी कायम रहँदै शिक्षालाई पनि अगाडि बढाउन ठूलो सहयोग पुग्ने बताए । त्यसैगरी, विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोख्रेलले शिक्षक सिकाउन मात्र हैन सिक्न पनि तयार रहनु पर्छ भन्दै यस्ता प्रतियोगिताले विद्यालयका शिक्षकहरुवीच सौरार्दपूर्ण तथा मैत्रीपूर्ण वातावरण कायम राख्दै विद्यार्थी मात्र नगै हरेक कुरामा दक्ष, सक्षम र अनुभवी हुनुपर्ने बताएका थिए ।
उक्त प्रतियोगितात्मक कार्यक्रममा शिव मा वि का. प्रधान अध्यापक चन्द्रमणी कोइराला, सर्वज्योति मा.वि.का. प्रधानअप भरत काफ्ले, व्यास नगर जल्लिका वडाने – १० का वडाध्यक्ष खेमराज पोख्रेल लगायतले बोलेका थिए ।
अत्यन्तै रोमाञ्चक र प्रतिष्पर्धात्मक सो प्रतियोगितामा चन्डिदेवी मावि प्रथम र सर्वज्योति मा. वि. द्वितिय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितिय हुनेलाई क्रमश सात हजार, पाँचहजार गर सहित पुरस्कार प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो ।
विद्यालयका सहायक प्र.अ. गोकुल थापाले संचालन गरेको सो प्रतियोगितामा शिक्षकहरु शान्ता बास्तोला, प्रतिक्षा पौडेल, ओम प्रसाद सुवेदीले सहजीकरण गरेका थिए ।

Related posts

सडक दुर्घटनामा वेवास्ता

admin

म्याग्देमा एकिकृत घुम्ति शिविर सम्पन्न

admin

मतदान केन्द्र

Deepak Joshi