28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

के हो वीपीवाद ?

अघिल्लो अंकबाट क्रमशः
३. बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद
संसारका सबैजसो मुलुकमा अहिले नत पूर्ण समाजवादी व्यवस्था छ, नत पूर्ण पूँजीवादी व्यवस्था नै । विश्वका अधिकांश मुलुकहरुले अहिले अङ्गिकार गरेको आर्थिक व्यवस्था भनेको मिश्रित अर्थव्यवस्था हो । सिद्धान्ततः पूँजीवादले उत्पादनमा व्यक्तिलाई प्रधान मान्छ भने समाजवादले राज्यलाई प्रधान मान्दछ । एउटाले व्यक्तिबाट शोषण गर्दछ भने अर्कोले राज्यबाट शोषण गर्दछ । प्रजातान्त्रिक समाजवादले यी दुबै अतिवादबाट बचेर सन्तुलन कायम गर्ने प्रयास गर्दछ । तथापि प्रजातान्त्रिक समाजवादको खासै ठोस आकार छैन । अहिले पनि यो शास्त्रीय बहसकै विषय हो । देशको आवश्यकताअनुसार यसका प्राथमिकता निर्धारण र प्रविधिको प्रयोग आवश्यक हुन्छ । प्रजातान्त्रिक समाजवादले आर्थिक तथा राजनैतिक समानता दुबैलाई जोड दिएको हुन्छ । राजनैतिक समानता राजनैतिक क्रान्तिपछि प्राप्त हुने गर्दछ । यो एकै चोटी कार्यान्वयन हुन पनि सक्छ तर आर्थिक समानता एउटा लामो प्रक्रिया हो, यसका लागि लामो तथा निरन्तर प्रयासको आवश्यकता पर्दछ । बीपीको मौलिक प्रजातान्त्रिक समाजवादसम्बन्धी धारणाको सैद्धान्तिक पक्ष द्वितीय विश्वयुद्धपछि उपनिवेशवादबाट मुक्त भएका अधिकांश तेस्रो विश्वका स्वतन्त्र राष्ट्रहरूले राज्यकेन्द्रित विकासको मोडल बनाएको देखिन्छ । गरिबी र पछौटेपनबाट मुक्ति र आर्थिक विकास राज्यकेन्द्रित पद्धतिबाट मात्र हुन सक्ने मान्यता द्वितीय विश्वयुद्धपछि स्थापित भएको
हो । उपनिवेशवाद र पूँजीवादबाट हुने शोषणको अन्त्यका लागि न्यायपूर्ण समाज स्थापनाका साथ योजनाबद्ध विकास, राष्ट्रियकरण र आर्थिक क्षेत्रमा सरकारको प्रत्यक्ष सलग्नतालाई मान्यता दिइयो । सरकारी संस्थानहरु र सरकारको स्वामित्वमा उद्योगहरु स्थापना गरी त्यसबाट प्राप्त नाफा र बचतबाट सामाजिक, लोककल्याणकारी कार्यक्रम र पूर्वाधार विकासमा लगानी गरिने अपेक्षा पनि समाजवादमा गरिएको देखिन्छ । समाजवादी विचारको विगत डेढ सय वर्षभन्दा लामो इतिहास छ । समयको अन्तरालमा यसको स्वस्थ र अन्तरवस्तुमा समेत परिमार्जन हुँदै आएको छ । समाजवादले आर्थिक विषमताको विरोध गर्दछ । आर्थिक समानताका लागि आधारभूत तत्व उत्पादनमा अभिवृद्धि हुनु हो । लोकतन्त्र, आवधिक निर्वाचन समानता सामाजिक न्याय लोककल्याणकारी कार्यक्रम, शोषणको अन्त्य, आर्थिक विषमताको न्यूनीकरण, आधारभूत आवश्यकता पूर्तिका लागि राज्यको दायित्व र शक्ति विकेन्द्रीकरणजस्ता प्रजातान्त्रिक समाजवादका केही आधारभूत मान्यता हुन् । सबै नागरिकले रोजगार प्राप्त गर्नु, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा सबैको समान पहुँच हुनु, घनी तथा गरीबबीचको खाडल न्यून हुनु, समान योग्यता हुनेहरुले समान आर्थिक अवसरहरु प्राप्त गर्नु आदि आर्थिक समानताका लक्षण हुन् । मानिस सामाजिक प्राणी भएकोले समाजवादले सम्पूर्ण नागरिकको जीवन निर्वाहका लागि अत्यावश्यक वस्तुहरु जस्तै बाँच्नका लागि खाना, बस्नका लागि बास तथा शरीरको सुरक्षाका लागि वस्त्रको व्यवस्था, स्वतन्त्रपूर्वक बाँच्ने अधिकार आदि प्राप्त गर्नु पर्दछ भन्ने जस्ता बिषयबस्तुमा प्रजातान्त्रिक समाजवादले जोड दिन्छ । बीपी कोइरालाको आर्थिक दृष्टिकोण दूरगामी प्रकृतिको थियो । कोइरालाको आर्थिक चिन्तन विश्वप्रसिद्ध धेरै अर्थशास्त्रीहरुको आर्थिक वृद्धिका मोडेलहरुको निष्कर्षसँग मेल खान्छ ।
बीपी कोइराला आयातित प्रविधिभन्दा गाउँको आत्मनिर्भर अर्थतन्त्रको पक्षपाति हुनुहुन्थ्यो । बीपीको विचारमा देशको विकास भनेको गाउँको विकास हो, आयातित प्रविधिले पूँजीको बहिगर्मन हुन्छ, विदेशीहरुले रोजगार पाउँछन् भने देश परावलम्बी भएर जान्छ । देशको बलियो अर्थतन्त्रका लागि आन्तरिक साधन, स्रोतमा आधारित उद्योगहरु सञ्चालन गर्नु आवश्यक हुन्छ बीपीको धारणा थियो । घर बनाउदा गाउँमा उपलब्ध सामग्रीको प्रयोग होस् । एउटा मानिसले आफ्नो भोजनको लागि बाहिर निर्भर हुनु नपरोस् बीपीको जोड थियो । नेपालभन्दा बाहिर निर्भर हुने कुरा त परै जाओस् आफ्नो गाउँको सीमाना बाहिर पनि निर्भर हुनु नपरोस् भन्ने बीपीको धारणा थियो । त्यहीकै खेत पाखाबाट कम्तिमा पनि त्यती अन्न उब्जाउन सकुन् कि त्यस सीमानाभित्रका मानिसलाई अन्नको अभाव नहोस् । खानाको लागि आत्मनिर्भर हुन बाली राम्रो हुनुपन्यो, त्यसका लागि नहर, कुलो आदिको निर्माण गरी सिंचाइको व्यवथाका साथ राम्रो बीउ र आवश्यक मलखादको व्यवस्थामा बीपीले जोड दिनुभएको देखिन्छ । बीपीको दृष्टिमा समाजवादी सरकारको प्राथमिकता जनताका लागि सिंचाइ, मल, बीउ आदिको व्यवस्था मिलाइदिने खालको हुनुपर्दछ ।
बीपी कोइराला ठूला–ठूला उद्योग तथा कलकारखाना भन्दा सानो पूँजीबाट चल्न सक्ने साना उद्योगको पक्षमा हुनुहुन्थ्यो । गाउँमै स–साना उद्योग खोल्न सकिन्छ र आवश्यक कपडाको व्यवस्था गर्न सकिन्छ बीपीको
धारणा । हामीले लगाएका कपडा हामीले उब्जाएको अन्न बाहिर पठाएर बाहिरबाट आयात गरेर त्याइएका हुन् । आयात गर्ने नीतिले व्यापार घाटा बढाउँछ बीपीको धारणा थियो । सबैलाई प्राथमिक तथा माध्यमिक शिक्षा गाउँमा ने व्यवस्था गर्नुपर्छ । एउटा ग्रामबासीले आफ्ना सन्तान पढाउन काठमाडौं पठाउन
नपरोस् । स्वास्थ्यका लागि सफा तथा शुद्ध खाने पानीको व्यवस्था गाउँमा भए ८५ प्रतिशत रोगको निवारण हुन्छ भन्ने बीपीको विश्वास थियो । बीपीको विचारमा बाँकी १५ प्रतिशत रोगीका लागि अस्पताल खोल्नुपर्छ भन्ने थियो जुन कुरा बीपीले व्यक्त गर्नुभएका विचारहरुमा यत्रतत्र पढ्न
पाइन्छन् ।
४. बीपीद्वारा परिकल्पित समाजवादी योजना
बीपी परिपक्व हुँदै जाँदा भारतीय समाजवादी आन्दोलनका अगुवा महात्मा गान्धी, जयप्रकाश नारायण, नरेन्द्र देव, रामनारायण लोहिया आदिसँगको सम्पर्कका कारण प्रजातान्त्रिक समाजवादलाई जीवन दर्शनकै रुपमा लिनुभयो । पछिल्लो समय उहाँ विश्वप्रसिद्ध अर्थशास्त्रीका साथ राजनीतिक चिन्तकहरुबाट प्रभावित पनि हुनुभयो तथापि उहाँले हाम्रो देशका लागि सुहाउँदो प्रजातान्त्रिक समाजवादको दर्शन दिनुभयो । बीपी कोइराला प्रधानमन्त्री हुँदा योजनाविद्हरुलाई योजना आयोगको कार्यलयमा राजाको तस्बिरसँगै ग्रामीण किसानको हलो जोतिरहेको किसानको तस्बिर राख्न र योजना बनाउँदा त्यही हलो जोतिरहेको गाउँले किसानको तस्बिरलाई ध्यान दिएर बनाउन निर्देशन दिनुभएको थियो । त्यो समयमा बीपीले भन्नुभएको थियो– तपाईहरुले विकासको योजना बनाउँदा जहिले पनि त्यो झुपडीमा बस्ने किसानलाई सम्झनुहोस् र तपाईहरुले यहाँ बसेर बनाएको योजनाले राजालाई होइन त्यो किसानलाई के फाइदा दिन सक्छ कि सक्दैन भनेर आफैसित प्रश्न गर्नुहोस् । बीपीको यो भनाइबाट उहाँको समाजवादी चिन्तन प्रष्ट हुन्छ ।
नेपाली काङ्ग्रेसको २०१५ सालको चुनाव घोषणा पत्रमा नेपाली काङ्ग्रेसलाई समाजवादी संस्थाको रुपमा सगर्व घोषणा गरिएको थियो । यसको अन्तिम लक्ष्य त्यस प्रकारको आदर्श सामाजिक व्यवस्था स्थापना गर्नु हो जसमा मानिसलाई मानिसले शोषण गर्ने छैन, जहाँ धनी, गरिबको भेदले उत्पन्न भएका अनेकानेक सामाजिक अन्यायहरु समाप्त भई देशका तमाम नागरिकहरु एउटा ठूलो परिवारका सदस्यहरुसरह आपसी मेल, सद्भावना र सहकारिताको आदर्शले प्रेरित भएर राष्ट्रलाई उन्नतिको बढी भन्दा बढी मार्गतिर पु¥याउने प्रयत्नमा संलग्न हुनेछन् । कसरी निरीह निमुखा जनतालाई आफू सरहको मध्यम परिवार समान धरातलमा उभ्याउन सकिन्छ भन्ने चिन्तन गर्नुहुने बीपी कोइरालाको साध्य र साधन दुबै जनता नै थिए । बीपी कोइरालाको सपना थियो– मान्छे मान्छेद्वारा ने शोषित हुने वस्तु बन्न नपरोस् र उही जनताद्वारा जनताको लागि जनताको सरकार बनोस् । यसरी बीपी कोइराला राष्ट्रका जगमा रहेका निमुखा शोषित–पीडितका पक्षमा सदैव रहनुभयो । उहाँ भन्नुहुन्थ्यो उत्कृष्ट एवं जटिल प्रविधि भएका विकसित देशबाट आयातित विकासका अवधारणा हाम्रो योजनामा आउनु गल्ती हो, विकसित देशमा गाउँ पनि सहरजस्तै छन्, उनीहरूको कृषिमा पनि उच्चस्तरीय प्रविधि प्रयोग भएको छ, त्यो उच्चस्तरको प्रविधि हामीलाई उपयुक्त छैन, हार्डवर्ड, अक्शफोर्ड र क्याम्ब्रिजका उत्पादकहरूले देखाएको नमुना उचित छैन, पश्चिमी देशको मोडेलमा आधारित योजना आयात गर्दा नेपाली ग्रामीण किसानका समस्या ओझेलमा पर्दछन्, पश्चिमी देशहरुको विकासको नमुना हाम्रा लागि अफाप सिद्ध हुनसक्छ, त्यसैले नेपाली माटो र हावापानी बुझेका अर्थविद्हरुले नै योजना बनाउन जरुरी छ। तथापि गाउँमा प्रयोग हुने प्रविधिमा समयसापेक्ष सुधार आवश्यक छ । साधारण हलोको ठाउँमा विकसित हलो प्रयोग गर्ने तथा हाते ट्रैक्टरको प्रयोग गर्नुपर्दछ, ठूला–ठूला मेसिन, बुल्डोजर र जेट इन्जिनको प्रयोग गर्ने होइन भन्ने बीपीको धारणा थियो ।

बीपीको प्रश्न थियो विदेशबाट आयात गरिएका गाडीहरुमा विदेशबाट आयात गरेको तेल हालेर, विदेशीहरुबाटै चलाउने प्रविधि किन चाहियो ? हामीजस्ता गरिब मुलुकका लागि पश्चिमा विकसित समाजले देखाएको नमुना उचित छैन। त्यो उच्चस्तरको प्रविधि हामीलाई उपयुक्त छैन। हामीलाई ठीक हुने प्रविधि, हामीले प्रयोग गरेको भन्दा केही उत्कृष्ट प्रविधि मात्र हाम्रो आवश्यकता हो। हामीलाई यस्तो प्रविधि चाहिएको छ जो हात्रै मानिसले चलाउन सकुन् । बीपी कोइराला ग्रामीण विकासका पक्षमा हुनुहुन्थ्यो जसमा पहिलो प्राथमिकता तल्लोवर्गको जीवनस्तरमा सुधार ल्याउने खालका प्राथमिक स्वास्थ्य, शिक्षा, शुद्ध खानेपानी, ग्रामीण सडक, यातायात, पशुपालन, झोलुङ्गे पुल, साना सिचाइ, कृषि सेवाजस्ता विषय थिए । ठूला राजमार्ग, अन्तर्राट्रिय विमानस्थल, आधुनिक अस्पतालजस्ता महँगा भौतिक संरचना त्यस बखतको नेपालका लागि उहाँको प्राथमिकतामा थिएनन् । कोलम्बिया विश्वविद्यालयमा दिनु भएको एउटा प्रभावशाली भाषणमा बीपी कोइरालाले भन्नु भएको थियो– पञ्जाव र हरियाणाका किसानहरु अमेरिकी किसानहरुभन्दा धेरै सक्षम र उत्पादनशील छन्, लगानी र उत्पादनको अनुपात हेर्दा अमेरिकाको प्रतिइकाइ लागत पञ्जाव र हरियाणाको प्रतिइकाइ लागतभन्दा धेरै बढी छ । अमेरिकीहरु मल तथा अन्य प्रविधिमा ज्यादा खर्च गर्दछन् तर नेपाली तथा भारतीय किसानहरु कम खर्च गर्दछन् । अमेरिकी अर्थतन्त्र तेलमा आधारित छ जुन अक्षय छैन । यही तेलमा आधारित प्रविधि निरन्तर प्रयोग भएमा शताब्दीको अन्त्यमा अर्थतन्त्र धराशायी हुनेछ । तेल भण्डार रित्तिन सक्छ । सौर्य शक्तिको प्रयोगमा ठूलो सफलता हासिल भएमा भारत अमेरिका भन्दा धेरै सम्पन्न हुन सक्छ किनकी अमेरिकामा भन्दा भारतमा सौर्य शक्ति बढ़ी उपलब्ध छ । विदेशी सहायता सम्बन्धमा पनि उहाँको आफ्नै धारणा थियो । विदेशी सहायताले समाजमा भ्रष्टाचार बढाउछ, नयाँ भुइफुट्टा वर्गको सिर्जना गर्दछ, त्यो भुइफुट्टा वर्ग सम्पन्न हुन्छ र धनीलाई झन् धनी र गरिबलाई झन् गरिब बनाउँछ तर देशको आर्थिक अवस्थासँग त्यसको कुनै सम्बन्ध हुँदैन। पछिल्लो समयको अभ्यासबाट बीपीले भन्नु भए मैं भ्रष्टाचार र उत्पादनसँग नजोडिएको भुइफूट्टा वर्गको सृजना भएका कारण नेपाल एक असफल राष्ट्र बन्ने त होइन भन्ने आशङ्का बढ्न थालेको छ ।

५ हामीले किन संयुक्त मोर्चा गर्न सक्दैनौ ?

राजा, राष्ट्रियता र राजनीति नामक एक पुस्तकको सुरु सुरुकै पृ. ७ मा बीपीले भन्नुभएको छ–म माथि एउटा चार्ज लाग्दछ कि संयुक्त मोर्चा गरेर चुनाव प्रचार गरेनौ । म अहिले पनि संयुक्त मोर्चाको विरुद्धमा छु । संयुक्त मोर्चा भनेको के हुन्छ भने, अहिले नेपालमा ५÷६ ओटा पार्टीहरु छन् भन्नुफ्यो । मलाई कम्युनिष्टहरु भन्न आए– अब संयुक्त मोर्चा गर्नुपयो । तपाईले त्यसको नेता हुनुपयो । मैले त्यो मानिन, अनि ममाथि बाहिर प्रेसमा बेस्सरी आक्रमण गरे । अनि मैले प्रेसवालाहरुसँग मजाकमा भने, कम्युनिष्टहरु मलाई नेतृत्त्व सुम्पदै थिए, उनीहरुको नेतृत्व गरिन भनेर अब मलाई आक्रमण गर्दैछन् । पुष्पलालकी पत्नी साहनाले आएर भनिन्, सान्दाइ, तपाईले हामी सबैको नेतृत्व गर्नुप–यो । मैले भने, ’तपाईंहरु आफ्नो किसिमबाट प्रचार गर्नुस्, हामीहरु आफ्नो किसिमबाट गछौं। हामीहरु आपसमा एक दोस्रोमाथि आक्रमण नगरौं भन्ने बीपीको धारणा थियो । सोही प्रसङ्गमा उहाँले अगाडि भन्नुभएको छ–कम्युनिष्ट पार्टी भन्नासाथ यो एउटा विभाजित घर हो। त्यसमा तीन चारओटा गुटहरु छन्, जसमा आपसको मारकाट छ। जस्तै रूसबाट प्रेरित कम्युनिष्टहरु छन् । ती आपसमा मिल्दैनन् । मैले उनीहरूलाई च्यालेञ्ज गरे। भैगो, मलाई छोडेर तिमीहरु आपसमा एकता गर । त्यसका लागि तिनीहरू तैयार थिएनन् । त्यो उनीहरु गर्न सक्दैनथे । त्यसो हुनाले यो एउटा गर्न नसकिने काम भएकोले भ्यागुतोको तौल गर्नुपर्ने जस्तो काम भएकोले मैले भने– यो मैले गर्दिन । चुनावको दौरान राजाको विषय आउला अनि सुधारको कुरा आउला, विशेष नीतिको कुरा आउला, अफगानिस्तानको विषय आउला, या चीनको वा हिन्दुस्तानको विषय आउला । यी कुनै पनि विषयमा हाम्रा दृष्टिकोणहरुमा कुनै प्रकारको पनि एकताको सम्भावना छैन भने त्यस्तो तत्त्वसँग कहाँबाट एक भएर जान सकिन्छ ? अहिले कुनै रूस समर्थकसँग कुरा गर्नुप–यो भने अफगानिस्तानको विषय आउँछ । यसर्थ विशेष……….क्रमशः

Related posts

टुटेपानीमा संस्कृति संक्षण तालिम

admin

अल्ट्रा म्याराथनले पर्यटन प्रवद्र्धनमा सहयोग गरोस्-सम्पादकीय

admin

अचम

admin