Tanahun Awaj
समाचार

सातौ खुल्ला अल्टा- म्याराथान

दमौली/व्यास नगरपालिकाले सातौं पटक खुल्ला अल्ट्रा म्याराथनको आयोजना गरेको छ । व्यास नगरपालिकाले विगत सात बर्षदेखि निरन्तर शहिद दिवसका अवसरमा मानुङ्गकोट देखि शहिद स्मारक पुलीपराङ्ग सम्मको ४४ किलोमिटरको खुल्ला अल्ट्रा म्याराथनको आयोजना गर्दै आएको छ ।
स्वदेशी तथा विदेशी गरी कूल एक सय १७ जनाले सहभागिता जनाएको सो खुल्ला अल्ट्रा म्याराथनमा त्रिभुवन आर्मी क्लबका प्युठ जुनेस खड्का विजेता बनेका छन् । खड्काले तीन घण्टा १८ सेकेण्डमा ४४ किलोमिटरको दुरी पार गरेका थिए । द्वितिय हुने मोहनदेव जोशी वैतडीका मोहनदेवी जोशीले तीन घण्टा दुई मिनट ३३ सकेण्डमा पार गरेका थिए । तृतिय हुने शार्दूल गुल्मका करन रावलले तीन घण्टा १० मिनट ३० सेकेण्डमा निर्धारित दुरी पार गर्न सफल भएका थिए । प्रतियोगितामा त्रिभूवन आर्मी क्लबका राजन मेचोङबा , सोहि क्लबकै प्रताप खड्का, सोलुखुम्बुका अर्जुन राई , त्रिभुवन आर्मी क्लबकै तिलक सुनुवार र दाङका प्रेम बहादुर बस्नेत सान्त्वना पुरस्कार विजेता बनेका थिए ।
सातौं व्यासनगर अल्ट्रा म्याराथन २०८० को उद्घाटन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले गरेका थिए भने विजयी धावकहरुलाई नगद, ट्रफि, मेटल, प्रमाणपत्र सहित महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य, व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने , उपप्रमुख इन्दिरा दरै लगायतले संयुक्त रूपमा पुरस्कार वितरण तथा सम्मान गरेका
थिए ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने लाई क्रमशः पचासी हजार असी, पैसठ्ठीइ हजार असी, पचपन्न हजार असी नगद पुरस्कार प्रदान गरिएको
थियो । र सान्त्वना हुने पाँच जनालाई जनही १६ हजार ८० का दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।

Related posts

आजबाट शुक्लागण्डकी महोत्सव

admin

  तनहुँ २ का केहि उम्मेदवारकाे संक्षिप्त परिचय  

Deepak Joshi

पठन संकृति विकास गर्न ‘मुना’ अभियानः

Deepak Joshi