22.1 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

२८औं विश्व आदिवासी दिवस मनाइयो

दमौली/अगष्ट ९ मा परेको २८औं विश्व आदिवासी दिवसलाई तनहुँमा पनि भव्यताका साथ मनाईएको छ । साउन २४ अर्थात अगष्ट ९ मा परेको २८औ विश्व आदिवासी दिवसलाई भव्य, सभ्य, र व्यापक रुपमा मनाउन तनहुँका प्रायः सबै पालिकाहरुले सार्वजनिक विदा नै घोषणा गरेका थिए । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदले दमौलीको खुल्ला चौरमा एक भव्य कार्यक्रम गरेर २८औं विश्वआदिवासी दिवस मनाएको छ । तनहुँ जिल्लाभित्रका राजनीतिक दल, स्थानीय तहका प्रमुख, उपप्रमुख, समाजको प्रतिष्ठित व्यक्तिहरुको सहभागिताले दिवसलाई थप भव्य, सभ्य र व्यापक बनाएको थियो ।

Related posts

आयोजकसंग आग्रह-सम्पादकीय

admin

पेशागत दक्षताका लागि द्विपक्षीय समझदारी

admin

शिक्षक सरकार बीच सहमति

admin