Tanahun Awaj
समाचार

लामिछानेलाई ८ वर्ष कैद

दमौली/क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय भएको छ । लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुष १३ गते बलात्कारी ठहर गरेको थियो ।
ल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष कैद साथै तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।
लामिछानेलाई अदालतले कैद सजाय तोकेपनि उनि तत्काल पक्राउ नहुने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । उनले भने–‘जिल्ला अदालतले कैद सजाय सुनाए पनि पुनरावेदन गर्ने म्याद हुन्जेल उनी पक्राउ पर्दैनन् । पुनरावेदन गर्न पाउने कम्तिमा ७० दिन र थप ३० दिन गरी १०० दिनसम्म म्याद हुन्छ । त्यसैले त्यो अवधिभरि उनी पक्राउ पर्दैनन् ।’

Related posts

ब्रतबन्धमा मन्दिरलाई नगद दान

admin

प्रकृतिक स्रोत तथा वित्त अयोगको नतिजा कार्यसम्पादनमा सुदूरपश्चिम उत्तम, मधेश कमजोर

admin

जोशीको अभियानले गर्माएको तनहुँको राजनीति

admin