Tanahun Awaj
समाचार

कांग्रेसको बुइ चढेर माओवादी ठूलो दल बन्दै

राष्ट्रिय सभा निर्वाचन २०८०

रमेश विकल
माघ ११ मा सम्पन्न हुने निर्वाचन मार्फत प्रतिनिधि सभामा तेस्रो ठूलो दल माओवादी राष्ट्रिय सभामा पहिलो ठूलो दल बन्ने भएको छ ।
२०७४ को निर्वाचनमा एमालेसंग गठबन्धन गरेर झण्डै एमाले बराबरको सांसदको उपस्थिती जनाएको माओवादीका अहिले राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीतसहित माओवादीका १६ सांसद छन् । २१ फागुनबाट तीन सांसद बिदा हुँदै छन् भने यो निर्वाचनबाट ६ सांसद थपिँदै राष्ट्रिय सभामा माओवादी सांसदको कुल संख्या १९ हुनेछ र कांग्रेसको बुइ चढेरसबैभन्दा ठूलो दल बन्नेछ ।
त्यस्तै, प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेसका राष्ट्रिय सभामा अहिले १० सांसद छन् । चार सांसद फागुन २०मा विदा भएर जाँदा निर्वाचनपछि १० सांसद थपिने छन् । यसरी राष्ट्रिय सभामा कांग्रेसका सांसदको कुल संख्या १६ पुगेर दोेस्रो ठूलो दल बन्ने भएको छ ।
उता हालसम्म राष्ट्रिय सभामा १८ सांसद सहित सबैभन्दा ठूलो दलको रुपमा रहेको एमालेका नौ सांसद विदा हुँदैछन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतभार अनुसार सत्तागठबन्धनका सबै उम्मेदवार विजयी हुने निश्चितजस्तै भएको अवस्थामा एमालेका एकजना पनि उम्मेदवार विजयी हुने छैनन र नौ सांसद सहित एमाले तेस्रो ठूलो दलमा खुम्चिने छ ।
०७४ माघमा निर्वाचित भएर गोलाप्रथाबाट ६ वर्षे कार्यकाल प्राप्त गरेका सांसदको पदावधि सकिन लागेसंगै रिक्त १९ सिटका लागि निर्वाचन आयोगले तोकेको मिति पुष २३ मा विभिन्न दलका ५२ जनाको उम्मेदबारी परेको छ । निर्वाचन आयोेगका अुनसार सातै प्रदेशमा सात महिला सदस्यका लागि १८, दुई दलित सदस्यका लागि पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तर्फका तनि सदस्यका लागि आठ र अन्य समूहका सात सदस्यका लागि २१ गर ि५२ जनाकोे मनोनयन दर्ता भएको हो ।
निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले गठबन्धन गरेका छन भने अन्य दल एक्ला–एक्लै प्रतिस्पर्धामा छन् । ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका ५४९ सांसद तथा १४९८ पालिका प्रमुख तथा उपप्रमुखले मतदान गर्दैछन् । निर्वाचन आयागले एक प्रदेश सांसद बराबर ५३ र पालिकाको एक जनप्रतिनिधि बराबर १९ मतभार कायम गरेको छ ।

Related posts

१०८ मुक्तिनाथ धारा

admin

कतारी राजाको स्वागत र विदाई
तामधाम र भव्यताले दिएको सन्देश

admin

उच्च, सर्वोच्च फेरी उच्च

admin