Tanahun Awaj
समाचार

अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमौली/व्यास नगरपालिका भित्रका टोल विकास समिति र सामुदायिक उपभोक्ता समितिहरुका विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार तनहुँ उद्योग वाणिज्य संघको सभा हलमा संचालित “वातावरण एवं पर्यावरण“ विषयक अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नगरप्रमुख बैकुण्ठ न्यौपानेले गरेका थिए ।
कार्यक्रममा शहरी विकास तथा पूर्वाधार विकास शाखा प्रमुख डा. राजु पौडेलले जलवायु परिवर्तन सम्बन्धमा, डिभिजन वन कार्यालय तनहुँका सव डिभिजन वन कार्यालयका वन अधिकृत मदन सुवेदीले गण्डकी प्रदेश सरकारद्वारा हालसालै जारी भएको प्रदेश वन ऐन सम्बन्धमा र फोहोरमैला व्यवस्थापन एवं नगरपालिकाबाट सम्पादित कार्य विवरण संकलन सम्बन्धी विषयमा आन्तरिक लेखापरिक्षण शाखा प्रमुख कुमार कंञ्चन जि.सीले प्रस्तुती दिएका थिए ।
छलफलले व्यास नगरपालिका भित्रको घर घरबाट उत्सर्ग हुने फोहोरलाई वर्गिकरण गरि विसर्जनको स्थायी समाधानका लागि सहकार्य गर्ने, हालसालै जारी भएको गण्डकी प्रदेश ऐनका प्रावधानहरुलाई लागु गर्न वन उपभोक्ता समिति र व्यास नगरपालिका विच सहकार्य गर्ने, व्यास नगरपालिकाबाट सम्पादित कार्यहरुको वडा समिति मार्फत गरिने विवरण संकलन कार्यलाई सहयोग पुर्याउने र २०८० पौष १ गतेदेखी प्लाष्टिक झोला मुक्त अभियानलाई सफल बनाउन नगरपालिका, टोल विकास मिति र सामुदायीक वन उपभोक्ता समितिले सहकार्य गर्ने जस्ता निर्णयहरु गरेको व्यास नगरपालिकाको एक स्रोतले बताएको छ ।
उपप्रमुख इन्दिरा दरैले स्वागत गरेको सो अन्तरक्रिया कार्यक्रममा २०० टोल विकास संस्था र ८० सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Related posts

नसोचेको सफलता, सफलताले दिएको अवसर र अवसरले लिने परीक्षामा रास्वपा

Deepak Joshi

धार्मिक पर्यटकीय गन्तब्य पहिचान सहित पत्रकार अन्तरक्रियामा प्रेस रजिष्टारको कार्यालय

Deepak Joshi

जलेको भग्नावशेष अवलोकन

admin