Tanahun Awaj
समाचार

मोफसलको पठनीय कृति “व्यास–वाटिका”

मोफसलका कवि तथा सहित्यकारमा साधनाको अभाव छ, त्यसैले पठनिय कृति नै जन्मदैन भन्ने भ्रमलाई चिर्दै तनहुँकी कवयित्री नारायणी अधिकारीको कविता संग्रह “व्यास–वाटिका” बजारमा आएको छ । आइतबार लोकार्पित  व्यास–वाटिकामा अधिकारीका ५१ वटा कविता संग्रहित छन् ।  
 अधिकारीले आत्म निवेदनमा भनेजस्तै संग्रहमा रहका कवितामा जीवनका भोगाइ, मन भित्रका उत्कण्ठा, केही कल्पना, केही आशा, सांसारिक अनित्यता र मिथ्या प्रपञ्च, विधि विधानप्रतिको निरीहता, जीवन यात्रा प्रसङ्गमा आइपरेका उल्झन, नेपाली लोक परम्परा, जीवनका कतिपय प्रगाढ छापहरू र केही सामाजिक विकृति र परिवेशलाई बिम्ब बनाउने प्रयास गरिएको छ । 

आमा साथ भइन् भने कहरमा सन्त्रासमा हुन्छ को ?
आमाकै पदचिन्ह पक्रन सके सत्मार्ग विर्सिन्छ को ?
आमा हुँदा साथमा शिर्षक कवितामा प्रस्तुत यो अंशले आमाको महत्व र मार्ग दर्शन प्रष्ट्याउँछ । विद्यमान विकृति र विसंगती प्रति दह्रो प्रहार गरेकी अधिकारीले कविता मार्फत विद्रोहको आवज बोलेकी छन् । उनी भन्छिन्, सारा दम्भ घमण्ड तोड्नु छ छिटै तोडिन्छ हामी जुटे ।
भत्केका जति शृङ्खला मुलुकका जोडिन्छ हामी जुटे ।।
नारी वेदना र महत्व पनि अधिकारीले सजिव चित्रण गरेकी छन् । नारी शिर्षक कवितामा भनिएको छ, नारी हुन् जननी विशाल घरणी गङ्गा स्वयम् निर्झरी ।
झेल्छन् उल्झन दुःख भार भुमरी लाखौं हरी हुन्डरी ।।
कविता, सरिता जस्तो हुनुपर्छ अर्थात नदीको वहाव जस्तै हुनु पर्छ र पाठकले पढ्दा सहजै बुझिने हुनुपर्छ भन्ने मान्यता राख्ने र छन्दोवद्ध कविताको रसास्वादन गर्न चाहने पाठकका लागि व्यास–वाटिका चाखलाग्दो कृति बनेको छ । समग्रमा व्यास–वाटिका मोफसलको पठनीय र संग्रह योग्य कृति रहेको छ । आकारमा सानो भएपनि २१५ रुपैयाँ तिर्न मनखत लाग्दैन ।

Related posts

कांग्रेस एमालेले निर्वाचनमा गठबन्धन नगर्ने

admin

लामिछानेलाई ८ वर्ष कैद

admin

भर्ना खुलेको जनाकारी

admin