Tanahun Awaj
समाचार

भगवती मन्दिरको प्राण प्रतिष्ठा तथा उद्घाटन

फोटोःनेपाल प्रहरी बिशेष सुरक्षा गण बेलचौतारा तनहुँ

बेलचौतारा/नेपाल प्रहरी बिशेष सुरक्षा गण बेलचौतारा तनहुँको परिसरमा निर्मित भगवती मन्दिरको भगवतीको मूर्तिको प्राण प्रतिष्ठा तथा मुर्ति प्रतिस्थापन साथै उद्घाटन भएको छ । शनिवार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नावयक महानिरीक्षक विकास राज खनालले प्राण प्रतिष्ठा तथा उद्घाटन गर्नु भएको हो ।

गणको परिसरमा धेरै समय अगाडि निर्मित मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा तथा उद्घाटनको काम बाँकी रहेको थियो । गणका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले कार्यभार सम्हाले पछि लगत्तै सो काम सम्पन्न भएको गणले मेल मार्फत जानकारी गराएको छ । संगसंगै प्रहरी नायव महानिरीक्षक खनालले सिनियर प्रहरी अधिकृत मेश भवनको समेत शिलान्यास गर्नु भएको थियो । खनालले गणमा कार्यरत प्रहरी कर्मचारीहरुलाई दैनिक क्रियाकलापमा थप सहजिकरण गरी यस क्षेत्रको शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रहरी कर्मचारीहरुलाई मन, बचन र कर्मले काम गर्ने थप हौसला र प्रेरणा प्रदान गर्नु भएको  थियो ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्ण राज पण्डित, जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, यस गणका गण प्रमुख केदार खनाल,  जिल्ला प्रहरी कार्यालय तनहुँ कार्यालय प्रमुख अपिल बोहरा, यस गणका सहायक गण प्रमुख श्यामु अर्याल लगायतले मन्तब्य राख्नु भएको थियो ।

Related posts

आठौं संविधान दिवसबाट बुधबारे हाटबजार

admin

सप्ताहव्यापी विश्व खाद्य दिवस

Deepak Joshi

सहकारी विषयमा संसदीय छानबिन समिति, समयमा र सही छानबिन होला ?

admin