22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

१३ औं दिर्ग–लोक स्मृति हाजिरी जवाफ

गोठादी/श्रृङ्ग माध्यमिक विद्यालय ऋषिङ–६ गोठादीमा १३ औं दिर्ग–लोक स्मृति रनिङ शिल्ड हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
स्थानीय लेप्टेन परिवारको प्रायोजनमा सम्पन्न प्रतियोगिता अन्तर्गत आधारभूत तह कक्षा १–५ तथा आधारभूत तह कक्षा ६–८ का लागि छुट्टाछुट्टै हाजिरी जवाफ भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर थापाको अध्यक्षता एवं ऋषिङ गाउँ पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कक्षा १–५ तर्फ ऋषिङ गाउँ पालिका भित्रका १० विद्यालय तथा कक्षा ६–८ तर्फ १२ विद्यालय सहभागी भएका थिए ।
गत शुक्रबार सम्पन्न प्रतियोगितामा आधारभूत १–५ तर्फ अमर आविका छात्रछात्रा प्रथम, श्रृङ्ग माविका द्वितीय तथा सरस्वती आविका छात्रछात्रा तृतीय भए ।
उता आधारभूत ६–८ तर्फको प्रतियोगितामा अमर आविका छात्रछात्रा प्रथम, सरस्वती आविका द्वितीय र शिवसरस्वती माविका छात्रछात्रा तृतीय भएका थिए ।

Related posts

हङकङ समाजद्वारा मृगौला पीडितलाई सहयोग

admin

३८ औं नगरसभा पुसमा

admin

जोशीको उम्मेदवारी घोषणा

admin