Tanahun Awaj
समाचार

चन्डिदेवीमा चित्रकला प्रतियोगिता सम्पन्न 

बैरेनी/व्यास नगरपालिका बैरेनी स्थित श्री चन्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयको वार्षिक कार्ययोजना अनुसार युवा रोडक्रस सर्कल चन्डिदेवीको अगुवाइमा सो प्रतियोगिता सम्पन्न भएको शिक्षक नायक यम प्रसाद सापकोटाले जानकारी दिनुभयो सर्कलकी अध्यक्ष रोशनी कुंवरको अध्यक्षतामा सम्पन्न सो प्रतियोगितामा विद्यालयका कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुले कुनै एक विशेष शीर्षक नराखी खुल्ला तरिकाबाट आ-आफ्नो इच्छाअनुसार चित्र बनाएका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्र.अं. एवं संरक्षक रामचन्द्र पोखेलले अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई सहय बनाउँदै आँफू भित्र रहेका कलाको उजागर गर्न मौका प्रदान गर्ने कुरा व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा वि.व्य. स. सदस्य राम बहादुर परियार स. प्र.अ. गोकुल थापा, अतिरिक्त क्रियाकलाप संयोजक शान्ता वास्तोला लगायतले बोलेका थिए। प्रतियोगितामा प्रथम द्वितिय र तृतिय हुने विद्यार्थीलाई कक्षागत रूपमा प्रमाण पत्र र पुरस्कार वितरण गरिएको सापकोटाले बताउनु भयो ।

Related posts

हुलाकद्वारा बार्षिक अन्तरक्रिया

admin

भारतीय लोकसभा निर्वाचन–२०२४ मत परिणाम भन्छ, मोदीको लोकप्रियता घट्दै

admin

दमौलीमा एनपिएलको ट्रफी परेड

admin