20.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

चन्द्रज्योति माध्यमिक विद्यालयको होष्टेलको गतिविधि –प्रहरी अनुसन्धानमा

चन्द्रज्योति मावि घिरिङ्गमा विद्यार्थी र उनका अभिभावले माघ ९ गते विद्यालयमा बालमैत्री वातावरणको माग गर्दै गरेको प्रदर्शनको झलक । –फोटो सौजन्य पीडित पक्षबाट

घिरिङ्ग/पालिकाको वडा नं. ३ सुन्धारा स्थित चन्द्रज्योति मावि घिरिङ्ग सुन्धारामा एसइइको तयारी कक्षाका होस्टल बसेका छात्रा छात्रहरुलाई टेष्ट परिक्षामा थोरै नम्मर ल्याएको भन्दै विद्यालयका प्रधानाध्यापकले विद्यार्थीको चाकमा लठ्ठीले पटक पटक मर्मपुग्ने गरी प्रहार गरेपछि पीडित विद्यार्थी र अभिभावकहरुले प्रधानाध्यापकलाई कारवाहीको माग गर्दै माघ ९ गते विद्यालय प्राङ्गणमा प्रदर्शन गरेका थिए । घाईते भनिएकी विद्यार्थी लिला आलेलाई नौ गते गिरिजाप्रसाद स्वासप्रश्वास केन्द्रमा भर्ना गरी १० गते डिस्चार्ज भएको बुझिएको छ । विद्यार्थीको ठाडो निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँ पुर्‍याइएका प्रधानाध्यापक प्रेमबहादुर थापालाई आधारिक जाहेरीको अभावमा हाजिर जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक भानु शर्माले बताउनु भयो । यद्यपी प्रअ थापाले आफू जिल्ला प्रहरी कार्यालयमै रहेको बताए । स्थानीय पीडितका अभिभावकले दिएको सूचना अनुसार घाईते विद्यार्थी लिला आलेलाई उपचारको लागि एम्बुलेन्समा राखेर जीपी कोइराला स्वासप्रवास केन्द्र बेलचौतारामा पु¥याइएको थियो । प्रअ थापाका अनुसार विद्यार्थी अन्य रोगको कारण उपचारको आवश्यकता महसुस गरी आफ्नै पहलमा एम्बुलेन्स बोलाएर अस्पताल पठाएका हुन् । पीडित विद्यार्थीहरुले आफ्ना अभिभावकसंग विद्यालयमा आफूमाथि लैंगिक हिंसा हुने गरेको समेत बताएको पारिवारिक स्रोतको दावी छ । यद्यपी प्रधानाध्यापकले अभिभावकीय कर्तब्य निर्वाह बाहेक कुनै कार्य नभएको, घटनालाई अतिरन्जित गर्ने प्रयास गरिएको आरोप लगाएका छन् । प्रअ थापाका अनुसार पीडित विद्यार्थी र अभिभावकसँग सहमति कायम भैसकेको छ । सामाजिक सञ्जालहरुमा विद्यालयको प्रधानाध्यापकबाट प्रेमबहादुर थापा निलम्बन भएको समाचारहरु आईरहेका छन् ।

Related posts

अकोराब गण्डकी प्रदेशको अध्यक्षमा आचार्य

admin

स्थानीय तह उपनिर्वाचन–२०८१कमजोर बन्दै कांग्रेस, माओवादीमा उत्साह

admin

सातौं दिनको आकर्षण प्रिति र पशुपतिःमाघीकोे रौनकले महोत्सव भिडमभाड बनायो महोत्सव

admin