19.8 C
Damauli
October 30, 2026
Tanahun Awaj
समाचार

चण्डीदेवी सर्कलद्वारा बृक्षरोपण

कुमालटारी/चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालय अन्तरगतको युवा रेडक्रस सर्कलको आफ्नो बार्षिक कार्ययोजना अनुसार साउन २० गते विद्यालय परिसरमा वृक्षारोपण गरेको छ।

शिक्षक नायक यमप्रसाद सापकोटाले दिनुभएको जानकारी अनुसार फलफूल तथा फुलका विभिन्न प्रजातिका बिरूवाहरू विद्यालय परिसर तथा क्यारीमा रोपिएको छ। रोशनि कुवँर अध्यक्ष रहेको चण्डीदेवी राष्ट्रिय माध्यमिक बिद्यालय युवा रेडक्रस सर्कलको आयोजनामा भएको बृक्षरोपण तथा गमला सजावट कार्यक्रममा केरा, आँप, लिची, मेवा समेतका बिरूवा तथा फुलहरू रोपिएको थियो ।
युवा रेडक्रस सर्कलमा आवद्ध विद्यार्थीहरुको हौसला बढाउन सर्कलका संरक्षक तथा विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोखरेल शिक्षक नायक सर्कलमा आवद्ध विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको विद्यालयका शिक्षक यमप्रसाद सापकोटाले बताउनु भयो ।

Related posts

अस्तित्व संकटमा नेपाल रेडक्रस

admin

राष्ट्रपति शैक्षिक सुधार, तनहुँका ४८ विद्यालय छनौट

admin

ओमिक्रोन फैलन नदिन प्रशासनको आग्रह

admin