29.4 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

ओमिक्रोन फैलन नदिन प्रशासनको आग्रह


दमौली/स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डहरु पालना गर्न÷गराउन जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षतामा मंगलबार बसेको बैठक पछि त्यस्तो आग्रह सार्वजनिक भएको पत्रकार मिला दरैले बताईन ।
कोभिड १९ रोग नियन्त्रण तथा रोकथामको छलफल पछि पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यान्वयनमा ल्याउन सबै निकायलाई आग्रह गर्ने निर्णय गरिएको थियो ।
गृहमन्त्रालयद्वारा आदेश भए अनुसार मंगलबारबाट विद्यालय बन्द गरिएको छ । प्रजिअ अर्यालले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।
‘कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरिएको छ, सबैले सचेतता अपनाउदै सबै पक्षले कार्यान्वयनमा ल्याउन सके संक्रमणबाट जोगिन सक्छौं, त्यसैले सचेत बनौं,’ उनले भने ।
“हालैका दिनमा कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा फैलिनाका साथै ओमिक्रोन भेरियन्टको सङक्रमण समेत बढ्न थालेकाले विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचाउनका लागि विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी यही पुस २७ गतेदेखि २०७८ माघ १५ सम्म बिदा दिने निर्णय गरिएको छ, यसलाई सबै पक्षले कार्यान्वयनमा ल्याउनुपर्छ,’ प्रजिअ अर्यालले भने ।

Related posts

भलिबल संघको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व

admin

admin

जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना

admin