22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

प्रविधि पछ्याउँदै कांग्रेस
कांग्रेस सदस्य बन्न अनलाईन आवेदन

नेपाली काँग्रेसको सदस्यता अब अनलाइन मार्फत

कांग्रेसको सदस्य बन्न चाहनेले अब अनलाईन आवेदन गर्न र अनलाइन बाटै शुल्क बुझाउन सक्ने भएका छन् ।
नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिका मंगलबार बसको बैठकले उक्त निणर्य गरेको हो । समितिका संयोजक एवं पार्टीका महामन्त्री श्री गगनकुमार थापाको संयोजकत्वमा बसेको बैठकले अनलाइनबाट सदस्यता प्रदान गर्न सुरु गर्ने निणर्य गर्दै सोका लागि जततउकस्ररधधध।लभउबष्अियलनचभकक।यचनरयलष्लिभ(mझदभचकजष्उ मा गई सदस्यता आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सकिने व्यवस्था गरेको हो ।
सदस्यता फारम भरिसकेपछि सो को जानकारी मोवाइलमा म्यासेजमार्फत प्राप्त गराईने र आवश्यक प्रक्रिया पुरा गरि अनलाइनबाटै फोटो सहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्रदान गर्ने व्यवस्था कांग्रेसले गरेको हो ।
कांग्रेसले क्रियाशील सदस्यता खुल्ला गरिसकेको र अनलाइनबाटै क्रियाशील सदस्यता पनि भर्न पाउने गरी आवश्यक प्राविधिक तयारी गरिसकिएको जनाएको छ । विधान र नियमावलीमा रहेका केही विषयमा संसोधनको प्रकृया पुरा गरेपछि क्रियाशील सदस्यताको आवेदन पनि पार्टीको वेवसाइटबाट अनलाइनमै भर्न सकिने व्यवस्था हुनेछ । यसअघि नेपाली कांग्रेसको क्रियाशील सदस्य भइसकेका व्यक्तिको क्रियाशील सदस्यता कार्ड केन्द्रले उपलब्ध गराउँदै आएकोमा अब पार्टी जिल्ला कार्यालयले नै प्रिन्ट गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनसक्ने गरी सहज व्यवस्था गरिएको समेत कांग्रेले जनाएको छ ।
प्रत्येक वर्ष गर्नुपर्ने क्रियाशील सदस्यता नविकरण गर्नको लागि जिल्ला कार्यालयले मातहतका निकायबाट विधान बमोजिमको आवश्यक प्रक्रिया पुरा गरी गराई योग्यता पुगे नपुगेको हेरी अनलाइबाटै नविकरण विवरण भर्न सकिने छ । यसरी नविकरण भएको व्यक्तिको सदस्यता नविकरण कार्ड अनलाइन वा प्रिन्ट गरेर जिल्ला कार्यसमितिले नै सदस्यलाई उपलब्ध गराउने व्यवस्था कांग्रेसले गरेको छ ।

Related posts

व्यासको सकारात्मक थालनी-सम्पादकीय

admin

आठौं दिनमा आठौं महोत्सव

admin

केसीलाइ पत्नि शोक

Deepak Joshi