19 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

प्रचार समिति गठन

दमौली/फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट तनहुँ क्षेत्र नं.१ का उम्मेदवार विद्या ढकालको चुनाव प्रचार अभियानलाई प्रभावकारी बनाउन भानु नगरपालिका स्तरीय ७ सय ५१ सदस्यीय प्रचार समिति गठन गरिएको छ ।
सिताराम अधिकारीको अध्यक्षतामा गठन भएको उक्त समितिले भानु नगरपालिका भित्र निर्वाचन प्रचार–प्रसारलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य लिएको नेपाली कम्यूनिष्टपार्टीका नेता नेता हेमराज लामिछाने ‘क्षितिज’ले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका ढकाल तनहुँ क्षेत्र नं. १ मा लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएका नेता हुन् ।

Related posts

निःशुल्क विरुवा लिनेको भिड

Deepak Joshi

भेषभुषा र साँगितिक झलकहरुका साथ उत्साहजनक सहभागितामा
राष्ट्रिय मगर दिवस २०८० तनहुँभर मनाइयो

admin

कार्यकर्ता संगठित गरेर मेलमिलाप दिवस मनाउने तयारी

admin