Tanahun Awaj
समाचार

साढे तीन सय थान जाली वितरण

दमौली/व्यास नगरपालिकाले नगर क्षेत्रभित्रका उपभोक्तालाई साढे तीन सय थान तारजाली वितरण गरेको छ । बर्षादको समयमा बाढी पहिरो जस्ता विपद्ले पु¥याउने जोखिमबाट कम क्षति होस् भन्ने सजगताका साथ नगरपालिकाले तारजाली वितरण गरेको सूचना शाखाले जनाएको छ । नदी तथा खोलाको कटान नियन्त्रण, घर–बस्ती तथा सामुदायिक संरचनाको जोखिम संरक्षण, सिँचाइ कुलो क्षति न्यूनीकरणको लागि नगरपालिकाले तारजाली वितरण गरेको घरनक्सा शाखाले जनाएको छ । आफनो नगर भित्रका विभिन्न स्थानमा विपद्ले पु¥याएको क्षति रोक्न तथा थपक्षति हुन नदिन तारजाली वितरण गरिएको घर नक्सा शाखाका प्रमुख अमृत केसीले जानकारी दिए । आपत्कालीन प्रयोजनको लागि नगरपालिकाले खरिद गरेको तारजाली सम्बन्धित वडाको सिफारिस र विपद् व्यवस्थापन समितिमार्फत अनुमोदन गराइ तारजाली वितरण गर्ने कार्यविधिगत व्यवस्था रहेको छ । नगरपालिकाले ६४ वटा ह्यपाईप पनि वितरण गरेको थियो । वितरण गरेपछि जोखिम औँल्याइएको स्थानमा रोकथाम नगरी तारजाली थन्काइएको तथा अनाश्यक क्षेत्रमा दुरुपयोग हुनबाट जोगाउन नगरपालिकाले अनुगमन समेत गदै आएको शाखाले जनाएको छ ।

Related posts

राज्यको बारम्बारको धोका पछि सडकमा शिक्षक

admin

बन्दीपुर–व्यास ‘होमस्टे सर्किट’ प्रवद्र्धन प्रारम्भ

Deepak Joshi

व्यासको नीति कार्यक्रम र बजेटमा शिक्षा-कार्यक्रमको चाङ, कार्यान्वयनमा आशंका

admin