18.6 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

एसईई नतिजा आज वा भोली
पुरानै निर्देशिका अनुसार नतिजा आउने

फोटो गुगलबाट
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा आज विहिबार वा भोली शुक्रबारसम्म सार्वजनिक गर्ने जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले प्राविधिक समस्या नआए नतिजा प्रकाशन शुक्रबारसम्ममा गरिने बताए ।
यस वर्ष पनि लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार वा लेटर ग्रेडिङ निर्देशिका– २०७८ कुन अनुसार नतिजा प्रकाशन गर्ने भन्ने अन्योल थियो । सोमबार बसेको बोर्ड वैठकले पुरानै अर्थात  लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नतिजा प्रकाशन गर्ने निर्णय गरेसंगै यो अन्योल हटेको छ । लेटर ग्रेडिङ निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ ।                दुई विषयसम्म नन् ग्रेडिङ परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ भने त्यो भन्दा धेरै विषयमा नन्ग्रेडिङ भए अर्को वर्ष ती विषयको परीक्षा दिन पाइने व्यवस्था गरिएको 

छ । ७७ जिल्लाका २ हजार ३७ परीक्षा केन्द्रमा ७७ हजार ९ सय ९२ जना जनशक्ति परिचालन गरेर सञ्चालन गरिएको परीक्षामा सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका विद्यार्थी थिए ।
ती मध्ये २ लाख ४२ हजार ७ सय १२ जना छात्रा र २ लाख ४२ हजार ६ सय ७४ जना छात्र गरी जम्मा ४ लाख ८५ हजार ३ सय ८६ विद्यार्थी परीक्षामा सहाभागी भएका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
एसईई नतिजा हेर्न नेपाल टेलिकमले एसएमएस, आइभिआर तथा वेवसाइटको व्यवस्था गरेको छ भने विभिन्न चार कम्पनीले एसएमएसबाट हेर्न सकिने तथा राष्ट्रिय परीक्षा बोर्ड लगाएतको वेवसाईटमा गएर हेर्न सकिने छ ।

Related posts

दमौली पनि बन्यो जलमग्न

admin

शैक्षिक सामग्री वितरण

admin

भगवती मन्दिरको प्राण प्रतिष्ठा तथा उद्घाटन

admin