22.3 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

गजरकोटमा पुनः खनाल

दमौली/नेपाल रेडक्रस सोसाइटी गजरकोट उपशाखाको हालै सम्पन्न दशौं अधिवेशनले पुनः श्रीराम खनालको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाका उपसभापति ऋषिराम पोख्रेलको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न अधिवेशनबाट उपसभापतिमा भुवानी पोख्रेल, सचिव तारानाथ पोख्रेल, कोषाध्यक्ष गोविन्दप्रसाद भण्डारीलाइ सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

त्यसैगरी उपसचिवमा टोपलाल पोख्रेल उपकोसषाध्यक्षमा सरीता पंज्ञानी पोख्रेललाई अधिवेशनले सर्वसम्मत छनौट गरेको छ । सदस्यहरुमा गोपाल प्रसाद भण्डारी केशबराज पोख्रेल इमानसिं थापा बाबुराम भट्टराइ र सीता पौडेललाइ सर्वसम्मत छनौट गरेको छ ।

अधिवेशन सम्पन्न भएपछि प्रमुख अतिथि उपसभापति ऋषिराम पोख्रेलबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ सपथ ग्रहण गराइ प्रमाण पत्र प्रदान गरिएको थियो भने उपशाखाका संस्थापक गोपाल प्रसाद भण्डारीबाट अविरार्पण गरिएको थियो ।
अधिवेशनको सम्पूर्ण कार्य पुरा भएपछि लगत्तै बसेको बैठकले विविध निर्णयको साथसाथै जिल्ला सभासदको पनि छनौट गरेको छ । सो अनुसार गोपाल प्रसाद भण्डारी श्रीराम खनाल केशवराज पोख्रेल भुवानी पोख्रेल र तारानाथ पोख्रेललाइ बैठकले सिफारिस गरेको छ ।

Related posts

राष्ट्रिय सभा निर्वाचन आज
कुन–कुन दलका को–को छन्, उम्मेदवार?

admin

महासंघको भ्रत्सना

admin

सम्पदा संरक्षणमा म्याग्दे गापाको चासो

admin