31.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

माटोको मायाँ

साहित्यकार चक्रबहादुर अधिकारी

माटोको ममता तिमीसित यदी साँच्चै भएको भए ।
सारा लोकहरु रमेर खुशी भै तिम्रै पछाडी थिए ।।
पैसा औ पदको घमण्डपनले आकाश चुम्दै गयो ।
मान्छेको किन धर्म कर्म सबथोक खस्केर जादो भयो ।।

ठूलादेखि सुकर्मको शुरु भए यो राष्ट्र बन्ने थियो ।
सुनको देश बनेर विश्वभरम चम्केर जाने थियो ।।
तातो वाफ घमण्डको यदि यहाँ उडेर जाने भए ।
रामकै राज्य समादेश हुन गै भू–वर्ग बन्ने थियो ।।
(सडक साहित्यमा साहित्यकार चक्रबहादुर अधिकारीबाट जेष्ठ ५ गते बाचन गरिएको रचना)

Related posts

समसामयीक

admin

समुदाय–प्रहरी साझेदारी अभियान प्रारम्भ

admin

चितुवा समातिए तर त्रास कायमै छ, भानुमा

admin