24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

ज्ञानगंगा सदस्यमा अधिकारी मनोनित

दमौली/तनहुँको शैक्षिक क्षेत्रका चिरपरिचित व्यक्तित्व चक्रबहादुर अधिकारीलाई विद्यालयको सञ्चालक समितिको सदस्यमा मनोनित गरेर ज्ञानगंगा इङ्गलिस बोर्डिङ स्कूलले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिको अपेक्षा प्रकट गरेको छ ।
विद्यालयले बैशाख चार गते अधिकारीलाई मनोनय पत्र उपलब्ध गराएको विद्यालयका प्रिन्सिपल ऋषिकेश क्षेत्रीले जानकारी दिए । क्षेत्रीले चक्रबहादुर अधिकारीलाई मनोनयन गर्नको कारण जनाउँदै भने– ‘एउटा त तनहुँको शैक्षिक व्यक्तित्वप्रतिको सम्मान पनि हो भने अर्को उहाँको अनुभवले ज्ञानगंगा इङ्गलिस बोर्डिङ्ग स्कूलको शैक्षिक गुणस्त बृद्धि गर्न र अभिभावकको विश्वास जित्न सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं ।’
चक्रबहादुर अधिकारी अरनीको मावि भानु–१३ ठूलढुङ्गाको संस्थापक प्रधानाध्यापक, निर्मल मावि सहितको चार दशक मावि तहको अंग्रेजी शिक्षकको भूमिकाले खारेको शैक्षिक व्यक्तित्व हो भने विद्यालयको शैक्षिक वातावरण सुधार र गुणस्तरको विकास कसरी गर्ने भनेर स्रोतव्यक्तिको भूमिका समेतले खारेको व्यक्तित्व हो । अधिकारीले केही समय अघि जापानको शिजुओकामा करिब एक बर्ष बसेर जापानको शैक्षिक पद्धतिको अध्ययन समेत गरेका थिए । अधिकारीले अंग्रेजी विषय शिक्षकहरुलाई दक्ष, निपुण बनाउन नेल्टा नामको संस्था खोलेर तालिम, प्रशिक्षण समेतका कार्यमा सक्रिय रहेको व्यक्ति हुँदा ज्ञानगंगा इंलिस बोर्डिङ्गको मनोनयनको विशेष गरी अंग्रजी विषयका शिक्षकहरुले आत्मसम्मानको अनुभूति गरेको पाईन्छ ।

Related posts

छुवाछुत उन्मुलन दिवसमा विदा

admin

उच्च, सर्वोच्च फेरी उच्च

admin

व्यासको नीति कार्यक्रम र बजेटमा शिक्षा-कार्यक्रमको चाङ, कार्यान्वयनमा आशंका

admin