23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

दुइचरणमा एचपीभी खोप

दमौली/तनहुँमा एचपीभी खोप अभियानको सञ्चालन हुने भएको छ ।
१० देखि १४ वर्ष सम्मका सबै किशोरीलाई लगाउने यो खोपले पाठे घरको मुखको क्यान्सर हुनबाट जोगाउँछ ।
खोप अभियान माघ २२ गतेबाट सुरु हुने प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । अभियानमा क्रममा तनहुँका करिब १४ हजार २ सय ७८ किशोरीले यो खोप लगाउने छन् । दुई चरणमा सञ्चालन हुने खोप अभियान अन्तर्गत पहिलो चरणमा भानु, व्यास, देवघाट, बन्दिपुर, आँबुखैरेनीका १०–१४ उमेर समूहका किशोरीलाई खोप लगाइने छ ।

यसैगरी दोस्रो चरणमा तनहुँका बाँकी ऋषिङ, घिरिङ, म्याग्दे, भिमाद र शुक्ला गण्डकीमा खोप अभियान सञ्चालन हुनेछ । यसका लागि २ सय ५९ खोप केन्द्र रहेका अधिकारीले बताए । २२ देखि २५ सम्म पहिलो चरण र २७ देखि ३० सम्म दोश्रो चरणमा खोप कार्यक्रम हुने समेत अधिकारीले बताए । पाठेघरको मुखको क्यान्सरको निवारण गर्न विश्वव्यापी रणनीतिलाई अंगाल्दै राष्ट्रिय खोप सल्लाहकार समितिले एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गर्न सिफारिस गरेको थियो। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ । यो खोपले क्यान्सर रोकथाममा महत्तवपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।
अभियानले तनहुँका किशोरी तथा युवतीहरूलाई लाभान्वित गर्ने अपेक्षा गरिएको छ ।
साधारणतया एच.पि.भि खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने वा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने,रिगंटा लाग्ने, ज्वरो आउने, एलर्जी रियाक्शन हुने भएपनि यी असरहरु सामान्य मात्रै भएको बताइएको छ ।

Related posts

राष्ट्रपतिद्वारा मोटरेबल पुल उद्घाटन

admin

बाटोमा मिल्किएका सोलार ड्रायर

Deepak Joshi

राष्ट्रिय मिडियाको प्राथमिकतामा नपरेको दीन दुःखी सडकमा उत्रेको तेस्रो जनआन्दोलन

admin