24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

प्राथमिक उपचार प्रशिक्षण सम्पन्न

 नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाको आयोजनामा उपशाखा स्वयम सेवकहरुका लागि आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । 
चैत्र १८ देखि २० सम्म सञ्चालित तालिममा सहभागिहरुलाई घाइतेको जाँचका चार चरण, बेहोसी, फोक्सो र मुटु पुनः सञ्चालन( सिपिआर), हाड भँचाई, टाउको र मेरुदण्डको चोट लगाएत विषयमा प्रयोग सहित जानकारी दिइएको थियो । 
तनहुँ जिल्लामा रहेका २९ उपशाखाका स्वयम सेवक सहाभागी रहेको तालिममा आन्तरिक र वाह्य रक्तश्राव, पोलाई, विष, विभिन्न जनावर र किराको टोकाई, डुवाईका विषयमा समेत कसरी प्राथमिक उपचार प्रदान गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराइएको थियो ।
पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले उद्घाटन गरेको तालिम कार्यक्रममा गण्डकी प्रदेश प्राथमिक उपचार समितिका संयोजक कृष्णचन्द्र पाण्डे, प्राथमिक उपचार प्रशिक्षकद्वय हरि सिग्देल तथा रामदत्त पौडेलले प्राथमिक उपचारका बारेमा जानकारी गराएका थिए । 
व्यास नगर पालिका लगाएत विभिन्न संस्था र व्यक्तिको आर्थिक सहयोगमा सञ्चालित तालिमको समापन व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले गरेका थिए । समापनका अवसरमा नगर प्रमुख न्यौपानेले तीन दिनमा सिकेका कुरा व्यवहारमा लागु गर्न र घाइतेको उद्धार र जीवन बचाउने काममा सघाउन सहभागी सबैलाई आग्रह गरे ।  सम्पन्न

Related posts

हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

admin

विश्व समुदायमा खुशीको सन्देश – सम्पादकीय

admin

जनमोर्चाको पौडेल समूहलाई तनहुँको समर्थन (विज्ञप्ति सहित)

admin