23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

गजल

गजलराष्ट्रवादको अस्तित्वमा आज नारा लाउन पाउँ
लोकतन्त्रको उमंगमा मीठो गित गाउन पाउँ
बीर सहिदको रगतले मुछिएको माटोमा
हिरा मोती फलाउनलाई खेती मैले साउन पाउँ
मुनष्यका जीवन पाइ सर्वश्रेष्ठ हुँदै गर्दा
राष्ट्रिय स्वतन्त्रताको खोजीमा म धाउन पाउँ
मेची महाकाली एउटा विशाल घर हो
सबैमिली एउटै छानो मिलाएर छाउन पाउँ
बकफुसे कुरा होइन, अठोट दह्रो पारी
बास्ना आउने फूलको खेती एक भइ दाउन पाउँ
अनगिन्ती मायाँ तिम्रो कतै नजाउ टाढा
सधैंभरी तिम्रो काखमा मायाँ प्रिती लाउन पाउँ

Related posts

तिहार पछि कक्षा

admin

शैक्षिक सुधारका लागि व्यानपाका प्रअहरुको चासो

admin

वेनीपाटनमा परशुराम

admin