22.8 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

गजल

गजलराष्ट्रवादको अस्तित्वमा आज नारा लाउन पाउँ
लोकतन्त्रको उमंगमा मीठो गित गाउन पाउँ
बीर सहिदको रगतले मुछिएको माटोमा
हिरा मोती फलाउनलाई खेती मैले साउन पाउँ
मुनष्यका जीवन पाइ सर्वश्रेष्ठ हुँदै गर्दा
राष्ट्रिय स्वतन्त्रताको खोजीमा म धाउन पाउँ
मेची महाकाली एउटा विशाल घर हो
सबैमिली एउटै छानो मिलाएर छाउन पाउँ
बकफुसे कुरा होइन, अठोट दह्रो पारी
बास्ना आउने फूलको खेती एक भइ दाउन पाउँ
अनगिन्ती मायाँ तिम्रो कतै नजाउ टाढा
सधैंभरी तिम्रो काखमा मायाँ प्रिती लाउन पाउँ

Related posts

वरिष्ठ अधिवक्ता उपाधिः मापदण्ड

admin

कोरोना, होली र क्वारेन्टाइन

admin

महासंघको आन्दोलन

admin