26.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

यो देशको विकृति

अमर वि.क.
ऋषिङ्ग–१ झापुटार

यो देशमा विदेशको हावा आउनसम्म आयो
मिडियाबाट झन छिटो विकृति नै आयो
यो संसारलाई लोम्याउने विकृतिको फेसन आयो
यो देशले के पायो, युवा युवती बिग्रने दिन आयो
यो देशको विकास भन्दा चौतर्फि विनासको सन्देश आयो

फिलिपिन्सकी एक युवतीले शरीरलाई तीन सय ठाउँमा प्वाल पारिन
सुन चाँदीका गर गहनाले भारी नै बोकिन
गिनिज बुकमा लेखाउने चमत्कारले आफ्नो अंङ्ग प्रदर्शन गरिन
संसारलाई राम्रो शिक्षा दिएं भनेर आफै छक्क परिन

हामे नेपालमा पनि सुन मान्छे रहेछ
विदेशीको सिको गर्दै रहेछ
६५ तोलाको सुन लाउने चमत्कार देखाउने पुरुष
नाभि नकोटेको स्त्री पो रहेछ

पुरुषले स्त्रीको अंङ्ग बनाउने जिवनशैली फेर्दैछन्
यो देशको शासकहरुले पनि विकृतिको चमत्कारीलाई हेर्दैछन्
नेपालीले नेपालीपनको भेषभुषा छोडी सके
यो देशको सरकारले पनि युवा युवतीलार्य सुखी नेपाली
समृद्धी नेपाली बनाएर सुविधा दिई सके

फिलिम खेल्ने खलनायक र खेल खेल्ने खेलाडीहरुले
दाह्री र लामो कपाल पालेर सारा युवालाई
कानमा टप र मुन्द्री लाएर टुप्पी ठाडो गरेर गाँजा धतुरो खाएर
सान दिन थाले
हाम्रा नेताहरुले पनि चुनाव आउँदा त्यस्तै बैरागी दादा पाल्न थाले
भरखरै चाइनाको एक अध्ययनले पृथ्वी उल्टो घुम्न थाल्यो
भन्दै प्रमाणित गर्न थाले

त्यस्तो हाम्रो देशको मान्छेहरु पनि उल्टो बोल्न थाले
लामिछानेलाइ मन्त्री बनाए भने म आत्महत्या गर्छु भन्न थाले
एउटाले नाम पाउने एउटाले आत्महत्या गर्ने यो देशमा के हुन थाल्यो
आफ्नो देशको नागरिकता छोडी अमेरिकाको नागरिकताले मौलाए
नेपालको कानुनलाई मिच्ने काम गर्दा रविजीको दिमागलार्य दौडाए

ए देश चलाउने शासक बर्ग हो तिम्रा प्रतिबद्धता बचन कहा गयो
तिमीहरुले बनाएका सम्विधानमा लेखिएका कानुन कतातिर गयो,
आफै बनाउँछौं, नेता नेताका झगडाले आफै भत्काउँछौ
सानालाई ऐन ठूलावडालाई चयन तिम्रा मान प्रतिष्ठा कहाँ गयो

पहूँच भएकाले पहूच नभएकालाई लुट्नसम्म लुटेका छन्
यो देशको ढुकुटीमा दाई हाल्ने कमिशन खोरी र घुस खोरी
पूँजीवादी दलालहरु बाँसघारीको डाङ्ग्रे जस्ता
कचिङ्गल उठाउने नेताहरु जुट्नसम्म जुटेका छन्

ए नेता जनतालाई दिएको बचन कहाँ गयो,
तिमी आफै कानुन बनाउँछौ आफै भत्काउँछौ
तिमी नेताहरु भूकम्प भ्रन्दा पनि कम भएनौ
अब तिमीहरुलाई भत्काउने जनता नै भूकम्प हुनपर्ने भो
यो देशको राजनीति विकृति नै फाल्नु पर्ने भो
यो देशको विकृति विसंगतीलाई फाल्नु पर्ने भो

Related posts

दोषीलाई कारवाहीको माग

admin

राहत रकम हस्तान्तरण

admin

अन्तिम अक्षर ‘ल’ भएका नेपालका थरहरु

admin