23.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

चरी

केशवराज अधिकारी मध्येनपाल–७, लमजुङ

जाऊ चरी जाऊ माथी माथी जाऊ
आकाशका जुन तारा छुदै छुदै आऊ।
हामी सङ्ग खेल्न आऊ कत्ती नडराऊ
चिरिबिरी आफ्ना गित सुनाएर जाऊ।

आऊ साथी आऊ मिठा गित गाऊ!
हामी तिम्रा साथी हौँ वर वर आऊ!

कालापानी लिपुलेक लिम्पियाका ठाऊँ
हिमालका वारिपारी हाम्रा राम्रा गाऊँ।
उत्तरका सिमारेखा नक्सा कोरी आऊ
मनाङ्ग र मुस्ताङका स्याऊ टिपि ल्याऊ।

जाऊ चरी जाऊ चुली चुली जाऊ!
हाम्रो सान हिमालमा चुम्मा गरि आऊ!

मेची कोशी कर्णाली र गण्डकीका जल
हिमालको काखबाट झरेका कल्कल।
उपत्यका टार खोच पहाडका गाऊँ
पूर्ब देखि पस्चिमका सबै हाम्रा ठाऊँ।

जाऊ चरी जाऊ पहाड तिर जाऊ!
ताल खोला छहरामा नुहाएर आऊ!

तराईका सम्मा फाँट अनाजको थाल
तराईले सक्नु पर्छ टार्न अनिकाल।
हाम्रा सिमारेखा तिर के छ हालचाल
मुटु जस्तै प्यारो लाग्छ यो देश नेपाल।

जाऊ चरी जाऊ मधेस तिर जाऊ!
सारा चित्र दिल भित्र उतारेर ल्याऊ!

Related posts

बाली, बालबालिका र बर्खे विदा

admin

भानु जन्मस्थलमा अन्तर्राष्ट्रिय कवि सम्मेलन

admin

के छोराले सम्हालान् त नेता जोशीको राजनीतिक विरासत ?

admin