22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

बाल कविता

अनुस्का रुचाल
कक्षा–७
सिद्धेश्वरी मावि व्यास–१२

मेरो बाबा, प्यारो बाबा
बाबा तिमिले पढायौं बढायौं
नमान्दा भनेको, पिटेनौ करायौ
हाँसो हुन्थ्यो मुहारमा दुःख लुकाउँथ्यौ भित्र
हेलाँ होचो गर्थे तिमिलाई आफ्नै इष्ट मित्र
धर्तीमा छ सबै चिज, खोजे मिल्छ घरीघरी
तर मलाई मायाँ गर्ने बाबा पाईँदैन कसैगरी
नाना किनी ल्यायौ बाबा, खाना किनी ल्यायौ
ताते ताते गर्दै काँधमा बोकी मलाई हिँडायौ
तिमी खुसी भयौ भने म पनि खुसी हुन्छु
तिम्रो साथ पाएँ भने सगरमाथा छुन्छु
विद्यालय जाने बेला किताब कापी बोकाउँछौ
दुःख पिडा सबै सबै मन भित्रै लुकाउँछौ
मनमा चोट लुकाएर बाहिर देखाउने हाँसो
ठूली हुन्छु केही गर्छु, नबगाउ बाबा आँसु

Related posts

लोक कथा वाचन तथा श्रवण कार्यक्रम

admin

चौथो अधिवेशन सम्पन्न

admin

चट्याङ पिडितलाई आर्थिक सहयोग

admin