Tanahun Awaj
समाचार

रुम टु रिडको बालिका सचेतना

कमलबारी/रुम टु रिडको ग्रप मेन्टोरिङ कार्यक्रम अन्तर्गत सिद्धेश्वरी माविका कक्षा १० का बालिकालाई सचेतना कार्यक्रम सञ्चालन भएको छ ।
संस्थाकी समुदायिक परिचालक सुस्मिता सुनारका अनुसार कार्यक्रममा छिटो विवाह तथा गर्भाधानले उनीहरुको शिक्षा तथा स्वास्थ्य लगाएत विभिन्न पक्षमा पार्ने नकारात्मक असर तथा कानुनी प्रावधानबारे कार्यक्रममा जानकारी गराइएको थियो । यसका अतिरिक्त परिवार नियोजनका साधनको सहि प्रयोग तथा सेनेटरी प्याडको प्रयोग सम्बन्धमा पनि कार्यक्रममा जानकारी गराइएको थियो ।
शुक्रबार सम्पन्न कार्यक्रममा सहभागी महिमा शाहीले आफुले कार्यक्रममा २० वर्ष अगाडि विवाह गर्न कानुनले बर्जित गरेको जानकारी पाएको बताईन् । अर्की सहभागी प्रतिमा गैरेले सेनेटरी प्याडको सही प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत आफुहरुले जानकारी पाएको बताईन् । गैरेले २० वर्ष अगाडिको विहेलाई मुलुकी अपराध (संहिता) २०७२ ले कानुन विपरित भनेको तथा यस्तो विवाह गरेमा तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने जानकारी आफुहरुले पाएको समेत बताईन् । कण्डमको प्रयोग सम्बन्धमा पर्याप्त जानकारी गराइएको बताउँदै अर्की सहभागी अन्जना गोतामेले कार्यक्रम बालिकाको स्वास्थ्य र शिक्षामा केन्द्रीत भएकाले आफुहरुलाई उपयोगी भएको बताईन् ।
नेपालमा बाल विवाह चुनौतिको रुपमा रहेको उल्लेख गर्दै परिचालक सुनारले ६० प्रतिशतभन्दा बढी बाल विवाह आफुखुसी हुने गरको तथा पुरुषको तुलनामा बाल विवाह गर्ने महिलको प्रतिशत धेरै भएको सन्दर्भमा बालिकाहरुलाई यसका विविध पक्षमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको अयोजना गरिएको जानकारी गराईन् । सुनारका अनुसार २० वर्ष अगाडि विवाह गर्दा वैवाहिक जीवनमा दिगोपना नआउने त छँदैछ परिपक्व नभई सन्तान जन्माउँदा विभिन्न स्वास्थ्य जटिलता आउने , लैङ्गिक तथा यौन हिंसा बढ्ने तथा बेचविखनको जोखिममा बालिका रहने गरेका तथ्याङ्कले यस्ता कार्यक्रम गर्न प्रेरित गरेको हो । दिगो विकासको सर्त, सक्षम बालिका भन्ने नारा विश्वव्यापि भएका बेला यस्ता कार्यक्रमले सक्षम बालिका निर्माणमा सहयोग पुग्ने आशा आफुहरुको रहेको समेत सुनारले बताईन् । कार्यक्रममा व्यास–१२ का स्वास्थ्य निरिक्षक हरिश्चद्र न्यौपानेले बालिकाहरुलाई ति जानकारी गराएका थिए

Related posts

बाटोमा मिल्किएका सोलार ड्रायर

Deepak Joshi

राष्ट्रिय आविमा विव्यस तथा शिअ संघ गठन

admin

प्रचार कार्यालय खुल्न थाले

admin