Tanahun Awaj
समाचार

बाजागाजा सहित उत्साहका साथ ३०१औं पृथ्वी जयन्ती
शंकर भण्डारी भन्छन्–सरकारलाई धन्यवाद

दमौली/३०१औं पृथ्वी जयन्ती बाजागाजा, ¥याली, नगरपरिक्रमा, नाँचगान समेतका विभिन्न कार्यक्रम गरेर उत्साहका साथ दमौलीमा पनि मनाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले दमौलीको अनसन चौतारीमा पृथ्वीनारायण शाहको ठूलो फोटो राखेर माल्र्यापण सहित भावपूर्ण श्रद्धाञ्ली अर्पण गरेर मनाएको छ भने अर्को तर्फ नेपाल ठकुरी समाज तनहुँले खुलामञ्चमा विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ ।
ठकुरी समाजले आफ्नो कार्यक्रममा सनातम हिन्दु राष्ट्रको पक्षमा आफ्नो अभिमत राख्दै आएका सांसद शंकर भण्डारीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेको थियो । सभालाई सम्बोधन गर्दै साँसद भण्डारीले गणतन्त्र आएपछि खोसिएको पुस २७ गते पृथ्वी जयन्तीमा दिईने विदा शालिक फोड्दै हिड्नेहरुको नेतृत्वमा बनेको सरकारले पुनः दिने निर्णय गरेकोमा सरकारलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले अगाडि भने, ‘गोरखामा पृथ्वीनारायण शाहको शालिक फोड्दै हिड्नेहरुका नेता वर्तमान प्रधानमन्त्रीले सायद आजै गोरखामा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्दैछन् ।’
आयोजक ठकुरी समाजलाई पटक पटक ‘गरिवक्सेला’ को सम्बोधन गरेका साँसद भण्डारीले देशलाई खण्डित गर्ने, नेपालको मौलिक इतिहास मेटाउने, सो कार्यका लागि अर्काको भारी बोक्नेहरु र राष्ट्र निर्माताको अपमानमा भएका हरप्रकारका कुकृत्यको विरुद्धमा हामी एक जुट हुनै पर्दछ, म तपाईहरुको साथमा रहनेछु, आवश्यक पर्दा सम्झिबक्सेला भन्दै नेपाल राष्ट्र निर्माताको अपमान गरेर हामी कसरी नेपाली हुन सक्दछौं भन्ने प्रश्न गरे । ‘राष्ट्र निर्माताप्रतिको सम्मानले आज मलाई आत्मगौरव भएको छ’ भण्डारीको आत्मसन्तुष्टि थियो ।
देशको राजनीतिक अवस्थाको बारेमा टिप्पणी गर्दै भण्डारीले पशुपतिनाथको कृपाले मध्यावधीमा जाने अवस्था नआओस्, जननिर्वाचित संसद र सरकारले पुरा पाँच बर्ष देश र जनताको हितमा काम गर्न पाउस भन्ने कामना गरे ।

Related posts

भानु जयन्तीमा कविता प्रतियोगिता हुने

admin

सिद्धेश्वरीमा सरस्वतीको मन्दिर बनाउन अभिभावकको साथ

admin

नेपाली काँग्रेसको संगठन सुदृढीकरण अभियानभित्रै निषेधको राजनीति

admin