28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

अध्यक्ष मिश्रद्वारा राजीनामा

दमौली/विवेकशील साझाका अध्यक्ष रबिन्द्र मिश्रले राजीनामा दिएका छन् ।
स्थानीय चुनावमा आफ्नो पाटिले हार बेहोर्नुको सम्पूर्ण जिम्मेवार आफु भएको भन्दै बुधबार एक विज्ञप्ति जारी गर्दै आफुले अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।
विज्ञप्तिमा मिश्रले आफु अध्यक्ष हुँदा कारवाही गरेका संयोजक लगायतमा नेताहरुको कारवाही फिर्ता गरीदिन पार्टीको केन्द्रिय कार्य सम्पादन समिति तथा केन्द्रिय समितिलाई अनुरोध गरेका छन् । उनले पार्टीबाट राजिनामा दिएर गएका नेता कार्यकर्तालाई पुनः पार्टीमा सामेल हुन समेत अनुरोध गरेका छन् ।
साथै उनले आफु पार्टीको साधरण सदस्य भएर निरन्तर पार्टीलाई सहयोग गर्ने पनि उल्लेख गरेका छन् ।

Related posts

एकादशीमा सार्वजनिक विदा

admin

काँग्रेस नेतृत्वसंग अबको सर्त कारवाही फुकुवा होइन, सिट बाँडफाँड

admin

प्रदेशकै उत्कृष्ट डिभिजन वन

admin