Tanahun Awaj
समाचार

प्रेस युनियन तनहुँका अध्यक्षको निधन

दमौली/नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियाको निधन भएको छ ।
मंगलबार अपरान्ह १२ आफ्नै घरमा कफि पिउँदै गर्दा अकास्मत वेहोस भएका मियालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पु¥याएको नेपाल पत्रकार महासंघ तनहुँका सभापति धनपति अधिकारीले बताए । मणिपाल शिक्षण अस्पतालले घरमा लैजान सल्लाह दिएपछि अक्सिजनको व्यवस्था गरेर पोखराबाट बुधबार दमौली घरमा ल्याएछि घरमै उनको निधन भएको थियो ।

तनहुँको सञ्चारक्षेत्रमा फोटो पत्रकारका रुपमा उदाएका मिया फोटो पत्रकार महासंघको अध्यक्ष हुँदै नेपाल पत्रकार महासंघ तनहुँ शाखाको सभापति पदका प्रत्यासि भै उपविजेता समेत भएका थिए । मियाले हाल प्रेस युनियन तनहुँका अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका थिए ।

Related posts

वेपत्ताको स्थिति सार्वजनिक गर्न माग

admin

नयाँ मोड लिँदै नक्कली शरणार्थी प्रकरण

admin

विपद्को नमुना उद्धार अभ्यास

admin