Tanahun Awaj
समाचार

चुनावमा सहयोग गर्नेलाई जोशीको धन्यवाद

दमौली/प्रतिनिधि सभा २०७९ मा क्षेत्र नं. १ बाट कैची चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले चुनावमा लेखेर सहयोग गर्ने पत्रकार, मतदान गरेर सहयोग गर्ने मतदाता र विभिन्न माध्यमबाट सहयोग गर्ने समेतका शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
सिद्धान्त, आचारण र व्यवहारबाट नै नेपाली काँग्रेस रहेकाहरु सत्ताकेन्द्रित गठबन्धन विरोधी अभियानमा लागेको चर्चा गर्दै नेता जोशीले चुनाव एउटा अभियान हो, सक्रिय कार्यकर्ताको समिक्षात्मक भेला मार्फत एउटा सन्देश दिने बताउनु भयो । यो अभियानमा लाग्नेहरुको राजनीतिक भविष्य उज्जल छ भन्दै नेता जोशीले नेपाली काँग्रसको पहिचान यही अभियानले बचाउने विश्वास व्यक्त गर्नुभएको थियो । नेपाली काँग्रेसको सदस्यता लिएर नेतृत्वमा रहनेहरु सिद्धान्त, आचारण र व्यवहारबाटै नेपाली काँग्रेसबाट विचलित भै सत्तास्वार्थको गठबन्धनमा लाग्दा नेपाली काँग्रेस कमजोर भएको जोशीको आरोप थियो ।
चुनावी परिणाम पछि मंसिर ११ गते आयोजित पत्रकार सम्मेलनमा सत्ताको लागि गठबन्धन पद्धतिले लोकतन्त्रलाई कमजोर बनाउँछ भन्ने बुझेर गठबन्धनको विरुद्धमा आफूले उम्मेदवारी दिएको बताउनु भएको थियो । नेपाली काँग्रेसको पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले २० बर्षदेखि नेपाली काँग्रेस नेतृत्वले आफूलाई लखेटेर काँग्रेसलाई कमजोर बनाएको निष्कर्ष सहित नेपाली काँग्रेसलाई सबल र सक्षम बनाउने अभियान स्वरुप जनभावना अनुसार उम्मेदवारी दिएको चुनावी अभियानमा बताउनु भएको थियो । सत्तागठबन्धनले गराएको निर्वाचनले मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेलिदिएको जोशीको ठहर थियो ।
चुनावी परिणामलाई आत्मसाथ गर्दै नेपाली काँग्रेसलाई सवल र सक्षम बनाउने आफ्नो अभियान जारी रहने पनि नेता जोशीले सो पत्रकार सम्मेलनमा स्पष्ट पार्नुभएको थियो

Related posts

उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड

admin

सिद्धेश्वरी माविको ५४औं बार्षिकोत्सवमा छात्रा

admin

सरकारका सय दिनः अलमलमै गए

admin