Tanahun Awaj
समाचार

नौ पालिकामा बीपी विचार समाज गठन

दमौली/वीपीवादबाट विचलित भै सत्तास्वार्थका लागि सहमति, सहकार्य र समझदारीलाई आफ्नो आर्दश बनाएर अगाडि बढेको नेपाली काँग्रेसलाई राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूलप्रवाहमा ल्याउने अभियान अन्तरगत तनहूँको नौ पालिकामा वीपी विचार समाज गठन भएको छ ।

नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको प्रमुख आतिथ्यतामा नौ पालिकाले आफ्नो प्रथम अधिवेशन तथा साधारण सभा सम्पन्न गरेका छन् । हालसम्म चार नगरपालिका मध्ये व्यास, भानु, शुक्लागण्डकी र भिमादको नयाँ नेतृत्व चयन भएको छ । त्यसैगरी छ गाउँपालिका मध्ये बन्दिपुर, घिरिङ्ग, म्याग्दे, ऋषिङ्ग र आँबुखैरेनीमा वीपी विचार समाज गठन भै सकेको छ । बाँकी देवघाटमा पनि वीपी विचार समाज छिट्टै गठन हुने वीपी विचार समाज तनहूँले जनाएको छ ।

वीपीवादबाट विचलित नेपाली काँग्रेसको प्रभाव र अस्तित्व खस्कदै जान थालेपछि चिन्तित बनेका नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले बीपीको विचार र आर्दशबाट निर्देशित काँग्रेसको अस्तित्व बचाउन २५ बर्षे उमेरको जोश जाँगर र हिम्मत निकालेर ७५ बर्षे परिपक्व जिम्मेवारी बहन गरेका छन् ।

प्रतिबन्धित कालमा नेपाली काँग्रेस तनहुँको संगठन गर्ने बेलामा दशजना साथीहरुको सहमतिबाट अगाडि बढेका नेता जोशीले वीपीले भनेजस्तै देशमा लोकतन्त्र आएपछि सुकिला मुकिलाहरु हावी भै वीपीवादको बाटो छाडेपछि गाउँगाउँमा पुगेर स्वाभिमानी, विचार र सिद्धान्तबाट निर्देशित कार्यकर्ताहरुलाई संगठित गर्ने अभियान चालेका हुन् ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली काँग्रेसलाई संगठित मजबूद देखाउन चाहेका नेता जोशीले नेपाली काँग्रेस नेतृत्वलाई चुनौतिपूर्ण सजग गराउँदै नेपाली काँग्रेस तनहुँलाई एक ढिक्का बनाउन दुबै निर्वाचन क्षेत्रमा आफ्नो तर्फबाट वार्ता समिति गठन गरेर सार्वजनिक समेत गरेका छन् । सो अनुसार क्षेत्र नं. १ को वार्ता समितिमा बालकुमारी लोहोनी, हरिशरण पण्डित, शुकुमलाल गुरुङ्ग, केशरबहादुर गुरुङ्ग र सोलबहादुर चितौरे रहेका छन् । त्यसैगरी क्षेत्र नं. २ को वार्ता समितिमा गोपाल प्रसाद भण्डारी, घनश्याम घिमिरे, ऋषिराम पोख्रेल, नरेन्द्र थापा र मुनिराज गुरुङ्ग रहेको वार्ता समिति गठन भएको छ । वार्ता समितिसंग वार्ता नगरी नेपाली काँग्रेस तनहुँको नेतृत्व एकलौटी रुपमा अगाडि बढेमा वार्ता समितिले आफ्नो आफ्नो क्षेत्रमा अन्य पार्टी र समूहसंग वार्ताको विकल्प खुला राख्दै उम्मेदवारी घोषणा गर्ने चुनौति समेत नेका पार्टी नेतृत्वलाई वीपी विचार समाजले दिएको
छ ।

पालिकास्तरीय अधिवेशन गर्ने क्रममा बुधबार बन्दिपुर गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले प्रेम बानीयाको नेतृत्वमा वीपी विचार समाज बन्दिपुर गाउँ कार्य समिति गठन गरेको छ । त्यसैगरी मंगलबार सम्पन्न वीपी विचार समाज भिमाद नगरपालिकाको अधिवेशनले दिनानाथ पराजुलीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । सो समितिको उपाध्यक्षमा आरती थापा, सचिव परशुराम सिग्देल, कोषाध्यक्ष बसीरा खातुन, सहसचिवमा शंकर तिवारी सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा ओमसरी राना, चन्द्रकान्त कँडेल, विष्णु वि.क., महमद रहिम मिया, नारायण गैह्रे, इश्वरी देवी तिवारी, ध्रुब भण्डारी, चयन भएका छन् । आईतवार सम्पन्न ऋषिङ्ग गाउँपालिकाको अधिवेशनले चिरिञ्जीवी ढकालको अध्यक्षतामा वीपी विचार समाज गठन गरेको छ ।

शनिबार घिरिङ्ग गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले रामचन्द्र वास्ताकोटीको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित गरेको छ । सो समितिको उपाध्यक्षमा इन्द्रप्रसाद भण्डारी, सचिवमा पदम भण्डारी, कोषाध्यक्षमा सीता पोख्रेललाई सर्वसम्मत निर्वाचित गरेको छ । सदस्यहरुमा गोवर्धन पोख्रेल, भेषराज पोख्रेल, निलकण्ठ भण्डारी, नारायणप्रसाद गैह्रे, चन्द्रबहादुर थापा ‘बलु’ लाई निर्वाचित गरेको छ ।

Related posts

व्यास नपाको राम्रो निर्णय कार्यान्वयनमा आशंका- सम्पादकीय

admin

बार अध्यक्षमा भण्डारी

admin

ऋषिङ गाउँ पालिका वडा नं ५ को नवनिर्मित वडा कार्यालय भवनः

admin