23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

अभिलेखकरण गर्न आव्हान

दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाले तनहुँबाट प्रकाशित वा सञ्चालित संचार माध्यमको अभिलेखिकरण गर्न आव्हान गरेको छ । महासंघको बैशाख ३० गते बसेको बैठकको निर्णय अनुसार सो आव्हान गरिएको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारीले बताउनु भयो ।
महासंघले आव्हान गरे अनुसार छापा, अनलाइन, रेडियो, टेलिभिजनको अभिलेखीकरण गर्न लागेको हो । महासंघले आफ्नो सञ्चार माध्यमसंग सम्बद्ध सूचना विभाग दर्ता, प्रेस काउन्सिल सूचीकृत, नवीकरण, पान नम्बर, करचुक्ता विवरण लगायत कागज पत्रहरु जेठ १० गतेभित्र महासंघको कार्यालयमा पु¥याउन वा इमेल [email protected] मार्फत् पठाउन आव्हान गरेको छ ।
बैठकले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको परिपत्र अनुसार तीन वर्षको सदस्यता नवीकरणका लागि आवश्यक रकम बुझाउन आग्रह गर्ने निर्णय गरेको छ ।

Related posts

सिद्धेश्वरीमा किशोर–किशोरी लक्षित तालिम

Deepak Joshi

व्यास दलित पुरोहित समाजको सार्वजनिक रक्षाबन्धन कार्यक्रम

admin

MCC विरुद्ध देशव्यापी आक्रोस, दमौलीमा झिल्को

admin