20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

होमस्टेमा पर्यटन दिवस

तनहुँसुर/तनहुँसुर सामुदायिक होमस्टेले यस बर्षको ४३औं अन्तराष्ट्रिय पर्यटन दिवस मनाउने कार्यक्रमको आयोजना गरेको अध्यक्ष के.वी थापाले बताए । द्विदिवसीय कार्यक्रमका साथ मनाउन लागिएको पर्यटन दिवसको नारा ‘Rethinking Tourism’ रहेको छ ।
सामुदायिक होमस्टेले असोज ११ गते तनहुँ सामुदायिक होमस्टे र सामुदायिक भवनको अवलोकन गराएको छ । त्यसैगरी १२ गते औपचारिक कार्यक्रम गरेर विश्व पर्यटन दिवस तथा ग्रामिण पर्यटन विकास सम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो ।
पर्यटन दिवसको औपचारिक कार्यक्रममा सांस्कृतिक कार्यक्रम, दिवसको महत्व र प्रभावका बारेमा चर्चा गरिएको थियो ।

Related posts

आज लक्ष्मी पुजा

admin

पुल निर्माण कार्य स्थगित

admin

तनहुँका सबै क्षेत्रको नतिजा सार्वजनिक-कांग्रेस ४, एमाले र माओवादी १–१ स्थानमा विजयी

admin