30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

शिवकालिकाको साधारण सभा

दमौली/शिवकालिका वचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा तथा पाँचौं अधिवेशन शनिबार दमौलीमा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष मुमबहादुर वंशीको अध्यक्षता एवं व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा बोल्दै प्रमुख अतिथी न्यौपानेले सहकारीहरुलाई व्यवस्थित गर्न र सहयोग गर्न आफु प्रतिवद्ध रहेको बताए । अधिवेशनले पूर्णबहादुर खड्कालाई आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा चयन गरेको छ । ११ सदस्यीय समितिको उपाध्यक्षमा बेलबहादुर रानाभाट, महिला उपाध्यक्षमा रिमा आले तथा सचिवमा दिपक न्यौपाने चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा क्याप्टेन सन्तलाल श्रेष्ठ, सहसचिवमा गिता मल्ल शाही तथा सदस्यहरुमा निरबहादुर मल्ल, बाबुराम बगाले, इन्दिरा पण्डित, यामबहादुर चन्द तथा मदराज मल्ल चयन भएका नवनिर्वाचित सचिव दिपक न्यौपानेले तनहुँ आवाजलाई बताए ।
अधिवेशनले सहकारीको लेखा समिति समेत चयन गरेको छ । समितिको संयोजकमा विष्णुभक्त न्यौपाने र सदस्यद्वय सुर्यभक्त अधिकारी र जगतबन्धु वाग्ले रहेका छन् । यसैगरी अधिवेशनले ऋण, शिक्षा, महिला बालबालिका तथा स्वास्थ्य लागयत उपसमिति समेत चयन गरेको छ ।

Related posts

वेवास्थामा बाँदरमुढे गेट

admin

कृतिम घटना अभ्यास

admin

गाउँ तहबाटै काँग्रेस सुधार्न जिसीको आव्हान

admin