23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

थानीमाइमा फुलको डोली

भानु/प्रत्येक बर्ष फागुन महिनाको मंगलबार फुलको डोली भित्र्याउने परम्परालाई धान्दै भानु नगरपालिका वडा नं. ७ स्थित थानी माईको मन्दिरमा फुलको डोली भित्र्याईएको छ । थानी माईको मन्दिरमा मंगलबार फुलको डोली चढाउनेको मनको कामना पुरा हुन्छ भन्ने विश्वास परम्परादेखि आजपर्यन्त जिवन्त रहेको छ । यो विश्वास र आस्था भएका भक्तजनहरुले सोमबार सत्यनारायणको पुजा गर्ने र मंगलबार फुलको डोली चढाउने प्रचलन रहेको स्थानीय हरिमान श्रेष्ठले बताउनु भयो । जानकारहरुका अनुसार विक्रम सम्बत १८२५ देखि थानी माईको मन्दिरप्रति जागृत आस्था र विश्वास घटेको छैन ।
यातायातको सुविधा संगै झनै हिन्दुहरुमा थानी माई प्रतिको आस्था र विश्वास बढेको बताईन्छ । थानी माईप्रतिको स्थानीयको मात्र नभै तनहूँ जिल्लाको मात्रै नभै स्थानीय लम्जुङ्ग, चितवन, कास्की, नवलपरासी, गोरखा, काठमाण्डौ लगायतका जिल्लाहरुबाट पनि भक्तजनहरु आउने गर्दछन् ।

Related posts

नौनी निकाल्ने परम्परागत प्रविधि

admin

शैक्षिक गुणस्तर अभिवृद्धिमा व्यासको चासो: शिक्षा दिवसमा विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

admin

राप्रपा नेपाल तनहुँका तीन नेताद्वारा राजिनामा

admin