20.6 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

व्यासको जन्मस्थलमा धर्म गुरुहरुको जमघट

दमौली/विभिन्न धर्मसम्प्रदायका धर्मगुरुहरु बुधबार दमौलीमा आयोजित एक धार्मिक कार्यक्रममा सहभागि भएका छन् ।
श्रीकृष्णद्वैपायन महर्षि वेदव्यास अवतरण दिवसको सन्दर्भमा आयोजित ‘वेद र विज्ञान’ विष्यक प्रवचन कार्यक्रममा प्रमुख वक्ताका रुपमा धर्मगुरुहरु विद्वान साहित्यकार प्रा.मुकुन्दशरण उपाध्याय र किराँत धर्मगुरु डा. चन्द्रकुमार शेर्मा रहनु भएको थियो । प्रमुखवक्ताहरुले धर्म, संस्कृतिको मूल्यमान्यताको विरुद्धमा राजनीतिक गतिविधिहरु गएकोप्रति तिखो टिप्पणी गर्नुभएको थियो । विज्ञानको चमात्कारको मूल स्रोत वेद भएको पुष्टि धर्मगुरुहरुले गर्नुभएको थियो ।

विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको धार्मिक प्रवचनमा महर्षि वैदिक फाउण्डेशन नेपालका अध्यक्ष एवं पूर्वमन्त्री दीपक प्रकाश बाँस्कोटा, विश्वहिन्दु महासंघका उपाध्यक्ष शोभाराम थापा, सनातन संस्कृति समाज नेपालका महासचिव पुष्पराज पराुजली, व्यासका अध्येता काशीनाथ न्यौपाने, जैन गुरु नमन उपाध्याय लगायतका महानुभावहरुले बोल्नु भएको थियो ।
वेदअनुयायी प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव ऋषिराम ढुङ्गानाले गर्नुभएको थियो । पुरोहित समाज तनहुँका अध्यक्ष दुर्गाभक्त अधिकारीले आमन्त्रित अतिथिहरुको स्वागत गर्नुभएको थियो ।

Related posts

तनहुँका दशै स्थानीय तहले ल्याए बजेट

admin

महेन्द्रोदयमा नेजुरेस पुनगठन

admin

नयाँ वर्षमा बन्दिपुरमा सडक खाना महोत्सव

admin