30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

भानु जयन्ती आज

आशिर्वाद कट्टेल
श्री निर्मल माध्यमिक विद्यालय
व्यास–१ तनहुँ

अठारौं शताब्दीमा जन्म लिएर, नक्षत्र बनिरह्यौ
साहित्य विधामा आई हामीलाई, ऋणी बनाई गयौ ।
रामायणले नेपाली भाषामा, यो दिलमा ग¥याछ राज
चौतर्फी उत्सव चल्दैछन् कारण,भानु जयन्ती आज
सानै देखि तेज बुद्धी भएका, भानु तिमी रहेछौ,
बाजेका शिक्षा र दीक्षाले घरमै, आदिकवि भएछौं ।
गौरब छ पहिलो चुँदी बासीलाई, दोस्रो तनहुँ माझ
नेपाल आमा नै गौरवान्मित भईन्, भानु जयन्ती आज ।
बधुशिक्षा, रामयण, भक्तमाला, प्रश्नोत्तर उनका
छाएछन नेपाली साहित्य भरनै अक्षर झैं सुनका ।
दार्जीलिङ, सिक्किम, अयोध्या, बर्मा, मथुरामा नि राज
देशावरमा साहित्य गुन्जदैछ, भानु जयन्ती आज ।
मोती र लक्ष्मी माधव लेखनाथ, सिद्धिचरणले पनि
सम्मान गर्र्दथे पहिल्यै साहित्यमा, आदिकवि ज्यू भनी ।
दिनैभर रमाउँ साहित्यिक मेला, दीपक पनि साँझ
रामायण र साहित्य वाचन हेतु, भानु जयन्ती आज ।
भोलीवादलाई उखेली भानुले, सुशासन चलाए
मोतीको साथले साहित्य जगमा आदिकवि कहलाए ।
अनुयायी बन्छु भानु कै म पनि, लाग्दैन रत्ती लाज
वाचन गरौं कविताहरु यहाँ, भानु जयन्ती आज
१९ सय पच्चिस सालमा स्वर्गवास, रोयो शोकले जग
तर मरेनन् भानुभक्त कहिल्यै, अमर हामीसंग
विभूति बनेर उदाय भानुश्री, उँचो भो यो समाज
मेला छ कविको यो रम्घाबेसीमा, भानु जयन्ती आज
भानु जयन्तीको अवसरमा भानु जन्मस्थल विकास समितिले ओयोजना गरको विद्यालय स्तरिय खुल्ला कविता प्रतियोगितामा तृतीय हुन सफल कविता ।

Related posts

प्रधानमन्त्रीलाई केही निम्छरा प्रश्नहरु–२

admin

नेकपा भित्रको अन्तर कथा- चिसै पानीले नुहाउँदै दाहाल–नेपाल

admin

दमौलीमा अडानको अन्र्तक्रिया

admin