22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

महायज्ञको सफलताको कामना

अप्सरा भट्टराई
व्यास–१ गल्बुवेसी

श्रीकृष्ण द्वैपायन व्यासको १०८ फुट अग्लो मुर्ती बनाउने उद्देश्यले दमौलीमा सोमबारबाट श्रीमद्भागवत सप्ताह विराट ज्ञान महायज्ञ प्रारम्भ भएको छ । चार वेद तथा अठार पुराणका रचयिता व्यासको सम्मान साथै यस क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले उक्त मुर्ती निर्माण गर्न लागिएको र सोका लागि आवश्यक रकम जुटाउने हेतुले महायज्ञको आयोजना गरिएको हो ।

यो क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि डिपिआर समेत तयार भएको र सो अनुसारको संरचना निर्माण गर्न झण्डै ६४ कारोड लाग्ने अनुमान गरिएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले महायज्ञको उद्घाटन गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउने उट्घोष गरेसंगै अब तनहुँ बासीको सपनाले आकार ग्रहण गर्ने आशा पलाएको छ ।

भौतिक संरचनको निर्माणले पर्यटन विकासमा कति महत्व राख्छ भन्ने कुरा त छिमेकी कास्कीको फेवातालमाथि डाँडामा निर्माण गरिएको विश्व शान्ति स्तुपाको निर्माण पछि आन्तरिक तथा वाह्य पर्यटकको बढ्दो चापलाई हेरे पुग्छ । पूर्व पश्चिम राजमार्गको नवलपरासीमा निर्माण गरिएको सास्वत धामले जसरी आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ अनि हाम्रै पुलिमराङ्गमा निर्माण गरिएको सहिद स्मारक तथा छाब्दी बाराही मन्दिरमा निर्माण गरिएको मत्स्यकन्याको आकृति ति स्थानमा जसरी आन्तरिक पर्यटकको आगमन बढेको छ, त्यसलाई हेरेर सिक्न सकिन्छ । हामीले पनि बन्दीपुर, तनहुँसुर, ऋषिङ्ग, मानहुँकोट, देवघाट, ढोराबाराही, अकलादेबी लगाएतका विभिन्न स्थानमा विभिन्न भौतिक संरचना निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन सकिन्छ । दमौलीमा महर्षी व्यासको १०८ फुट अग्लो मुर्ती बनाउन सक्दा र अन्य संरचना निर्माण गर्न सक्दा यो पक्कैपनि संसारभरका हिन्दु सभ्यताका अनुयायीहरुको आकर्षक गन्तव्य बन्न सक्छ । यसका लागि व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषले गरेको थालनी प्रसंसा योग्य छ । तनहुँका लागि गौरवको आयोजना बन्न सक्ने यो कार्यमा सबैको अपनत्वव भाव जगाउन पनि सबैलाई धेरथोर लगानी गर्ने अवसर प्रदान गर्नु आवश्यक हुन्थ्यो र महायज्ञले सबैलाई यो अवसर प्रदान गरेको छ । सत्कार्यको थालनी गरेकामा विकास कोषलाई धन्यवादको पात्र छ, साथै महायज्ञको सफलताको कामना ।

Related posts

झुट्टा उजुरी दिनेबाट क्षतिपूर्ति भराइ पाउने

admin

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दीपकराज जोशी सहित तीनजना सिफारिस

admin

क्षत–विक्षत बनाइयो गुणादी महेन्द्रपुरलाई

admin